अत्तरिया - सूदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार बिकासमन्त्री दिर्घ सोडारीले चाक्ले खोला पुलको केही महिना भित्रै उद्धघाटन गर्ने बताएका छन् ।
आज गोदावरी नगरपालिका वडा नं ११ ओलानीमा रहेको गोदावरी कृषि विकास सहकारी संस्था लिको १० औँ बार्षिक साधारण सभा कार्यक्रममा बोल्दै उनले गोदावरी नगरपालिका वडा नं १० र ११ को बीचमा पर्ने चाक्ले खोला निर्माणाधिन पुलको केही महिना भित्रै उद्धघाटन गर्ने बताएका हुन् ।
प्रदेश सरकारको लागनीमा निर्माण भैरहेको उक्त पुलको काम छिट्टै सिध्याउन निर्देशन दिएको बताउदै उनले अब चाक्ले खोलामा पुल नभएकै कारण ओलनीबासीले भोग्दै आएका दुख कष्टहरु सबै हट्ने बताए । अबको केही महिनामै पुलको उद्धघाटन हुन्छ , तपाईहरु यहाँ कृषि उत्पादन बढाउनुहोस सरर अत्तरिया बजारमा पुञ्याउनुहोस - उनले भने ।
उनले लामो समयदेखी दुख खेपिरहेका ओलानीबासीहरुको पुल बन्नुपर्ने माग पुरा गर्न संघिय सरकारले बजेट हालेर पुल बनाउन नसकेपनि प्रदेश सरकारको बजेटमा बन्न लागेको पुलको शिलन्यस गर्नमा विवाद सिर्जना गरेको बताए ।
'चाक्ले खोलामा पुल निर्माण गर्ने बिषय सबैको एजेण्डा थियो तर कसैले पुल बनाउन सकेनन् उनले भने- ' तर जब हामी सरकार आयौ हामीले पुल बनायौ , सडक हामीले बनायौ ।' उनले भौगोलिक रुपमा निकै पछाडी परेको गोदावरीका १० , ११ र १२ नम्बर वडाका लागि प्रदेश सरकार सधैव सकारात्म रहेको बताए ।
उनले पहिलेको तुलनामा ११ नम्बर वडामा धेरै विकास भएको बताए । उनले अब गोदावरीको वडा नं १० , वडा नं १२ संगै समर्ग नगरपालिका , जिल्ला र प्रदेशका लागि आफूहरु सन्तुलित विकासमा लाग्ने बताए ।
उनले सहकारीले अहिले न्यून आयस्तर भएकाहरुको जिवनस्तर बिस्तारै माथि उकास्नका लागि आफ्नै गाउँमा कोष बनाएर सहकारीमा परिणत गरेको भन्दै गोदावरी कृषि विकास सहकारी संस्थाको प्रशंसा गरे ।
उनले यस सरकारीको आफ्नै भवन रहेको र बाकिँ तला थप गर्नका लागि माग भएकाले अर्को बर्ष प्रदेश सरकारवाट बजेट हालेर आफूले यो माग पुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।