टिकापुर – थरुहट नेता लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय थरुहट/थारुवान राष्ट्रिय मोर्चा गठन गर्दै कैलालीको टीकापुरमा आयोजित ३ दिने थरुहट र थारुवान राष्ट्रिय सम्मेलन सोमवार सम्पन्न भएको छ ।
टीकापुर घटना घटेकै अवधि ९ भदौ ७, ८ र ९० मा देशभरका हजारौं थारुहरूको उपस्थितिमा चलेको सम्मेलनले सशक्त आन्दोलन सहितको थरुहट/थारुवानको आगामी कार्यदिशा तय गर्दै सम्पन्न भएको हो ।
मोर्चाको प्रवक्ता मीनराज चौधरीका अनुुसार सम्मेलनले १५ बुँदे टीकापुर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
सम्मेलनले पुुनः थरुहट आन्दोलनलाई नयाँ सिरामा र्पुयाउनुको साथै पहिचान पक्षधरलाई एकताबद्ध गरेको घोषणा पत्रमा उल्लेख गरेको छ । बिग्रिएको भनिएको टीकापुरको सामाजिक सद्भाव मजबुत भएको र सद्भाव कायम गर्न राज्य नै तदारुकता अप्नाउन तथ्य सम्मेलनले पुष्टि गरेको पनि घोषणापत्रमा उल्लेख छ ।
७ प्रदेशको संरचना कुनै पनि हालतमा नमान्ने उद्घोष गर्दै जातीय पृष्ठभूमिको आधारमा पहिचान सहितको १० जोड १ को थरुहट र थारुवान स्वायत्त प्रदेश सीमांकन र नामांकन गरिनुपर्ने माग सारिएको छ भने संघीय निजामती ऐन सशोधन गरी राज्यका सबै निकायमा जातीय जनसंख्याको आधारमा लोक सेवा आयोगले विज्ञापन जारी गर्नुपर्ने पनि सो घोषणापत्रमा उल्लेख भएको प्रवक्ता चौधरीले बताए ।
आदिवासी जनजातिको सूचीमा सूचीकृत हुन बाँकी मूलबासी तथा जातिलाई सूचीकृत गर्नुपर्ने, माघी पर्वलाई राष्ट्रिय पर्वको रुपमा मानेर सार्वजनिक बिदा दिनुपर्ने, अष्टिम्की, अट्वारी लगायत पर्वमा प्रदेश सरकारले स्थानीय बिदा दिनुपर्ने माग गरिएको छ ।
यसैबीच, सम्मेलनले ३ चरणको आन्दोलनको कार्यदिशा समेत तय गरेको छ । पहिलो चरण अन्तर्गत तराई जिल्लामा प्रचारात्मक तथा संगठन विस्तारको कार्यक्रम अगाडि बढाउने भएको छ ।
दोसो चरणमा कोणसभा, विरोधसभार्, याली, जनप्रदर्शनका कार्यक्रमलाई मोर्चाले तराईका जिल्लामा सशक्त रुपमा सञ्चालन गर्ने रणनीति तय गरेको छ । सोहीबीचमा तराईको जिल्लाको १० ठाउँमा आमसभा गर्ने जनाएको छ ।
यसैबीच कार्यक्रमप्रति ऐक्यवद्धता जनाउन लगाई तराई क्षेत्रस्थित विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई ‘पेन डाउन’ गर्न लगाउने कार्यक्रम पनि मोर्चाले अँगालेको छ भने तराई क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधन, मालबाहक साधनमा थरुहट र थारुवान प्रदेश अंकित स्टिकरण टाँस्ने र टाँस्न लगाउने र नटाँसेमा सो सवारी साधन सञ्चालनमा रोक कार्य गर्ने पनि जनाएको छ । मोर्चाले संविधान जारी भएको असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने जनाएको छ ।
मोर्चाले आफ्नो तेस्रो चरणको कार्यक्रम अन्तर्गत थारु बहुल क्षेत्रमा लाठी जुुलुुश, मसाल जुुलुुश प्रदर्शन गर्ने, सरकारलाई असहयोग आन्दोलन गर्ने अभियान सञ्चालन गर्ने भएको छ । यसैक्रममा सरकारलाई आफ्नो माग पूरा गराउन अल्टिमेटम दिई सो असहयोग आन्दोलन गर्ने कार्यदिशा तय गरेको मोर्चाले जनाएको छ ।
थरुहट र थारुवान आन्दोलनको क्रममा प्रहरी र आन्दोलनकारी बीच दोहोरो झडप हुँदा २०७२ भदौ ७ गते ८ प्रहरी सहित १ नाबालकको ज्यान गएको थियो भने भदौ ८ गते कर्फ्यू जारी भएकै अवस्थामा थारु समुदायका ८८ वटा घर, पसल, एफएम लगायत संरचना माथि आगजनि भएपछि आन्दोलनमा शिथिलता आएको थियो ।