अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाकोे बजेट खर्च अन्त्यन्तै न्यून देखिएको छ । चालु आर्थिक वर्षको ५ महिना बितिसक्दा पनि नगरपालिकाको विकास बजेट अर्थात पुजिँगत खर्च अन्त्यन्तै न्यून देखिएको हो ।
नगरपालिकाले चालु आर्थिक बर्ष २०७८\७९ को ५ महिनाको अबधिमा ५ प्रतिशत पनि विकास बजेट खर्च गर्न सकेको छैन । चालू आर्थिक वर्षको पहिलो ५ महिनामा गोदावरी नगरपालिकाले ४ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको पाइएको हो ।
चालू आर्थिक वर्षमा नगरपालिकाले पुजिँगत तर्फ ५० करोड ८७ लाख ८८ हजार बजेट विनियोजन गरेको थियो । जस मध्ये मंसिर मसान्त सम्म यसको ४ प्रतिशत अर्थात २ करोड ४ लाख २ हजार ८ सय ६४ रुपैया मात्रै खर्च गरेको छ ।
पुजिँगत तर्फ ४ प्रतिशत मात्रै खर्च भएपनि चालू तर्फ भने २१.५८ प्रतिशत रकम खर्च भैसकेको छ । चालु तर्फ ६७ करोड ८३ लाख ६९ हजार बजेट बिनियोजन गरेकोमा ५ महिनाको अबधिमा २१.५८ प्रतिशत अर्थात १४ करोड ६३ लाख ९२ हजार ६ सय ६८ रुपैया खर्च भएको गोदावरी नगरपालिका लेखा शाखाले जनाएको छ ।
गत बर्षको पहिलो ५ महिनाको खर्चको विवरण हेर्ने हो भने यस बर्ष नगरपालिकाले आधा पनि खर्च नसकेको पाइएको छ । गएको आर्थिक बर्ष २०७७÷०७८ को पहिलो पाँच महिनाको अबधिमा नगरपालिकाले पुँजीगत तर्फ ८.२६ प्रतिशत र चालु तर्फ २६.२ प्रतिशत रकम खर्च गरेको थियो ।
नगरपालिकाको लेखा शाखावाट प्राप्त विवरण अनुसार गत आर्थिक बर्षमा पुँजीगत तर्फ ५८ करोड ६२ लाख १४ हजार ५ सय ४० रुपैया बजेट छुट्याएकोमा ५ महिनाको अबधिमा ४ करोड ८४ लाख ३९ हजार ६ सय ५६ रुपैया खर्च भएको थियो भने चालुतर्फ ६२ करोड ८३ लाख ३१ हजार २ सय ३० रुपैया बजेट छुट्याएकोमा १७ करोड ९ लाख ५० हजार ४ सय ९६ रुपैया खर्च भएको थियो ।
उता गोदावरी नगरपालिकाका लेखा अधिकृत रामचन्द्र जोशीले पहिलो चौमासिकमा पुजीगत बजेट कमै मात्रामा खर्च हुने गरेको बताए ।
उनले आर्थिक बर्षको सुरुमा योजनाहरु छनौट गर्ने , नामाकरण गर्ने , टेण्डर प्रकृया र सम्झौता गर्ने जस्ता कार्यहरु हुने भएकाले यस बेला चालु तर्फको खर्च नियमित भएपनि पुजीगत खर्च भने केही न्यून नै देखिने गरेको बताए ।
उनले अब माघ फागुन महिनादेखी विकास निर्माणका कामहरु देखी भुक्तानी दिने काम पनि सुरु हुने भएकाले दोस्रो र तेस्रो चौमासिकमा खर्चहरु बढ्ने बताएका छन् । गत बर्ष यही ५ महिनामा खर्च बढि भएको थियो भन्ने प्रश्नमा उनले अघिल्ला बर्षहरुमा सम्पन्न भएका योजनाहरुको भुक्तानीहरु दिन बाकिँ रहेकाले सुरुमै भुक्तानी गरेकाले पनि बजेट खर्च बढी भएकोे जानकारी दिए ।
चालु आर्थिक बर्षमा बिचको २ महिना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नहुदाँ पनि बजेट खर्च देखी प्रशासनिक कामहरु प्रभावित बनेको उनको भनाई रहेको छ ।
आर्थिक बर्षको अन्तिम जेठ असारको महिनामै खर्च गर्ने परिपार्टी अझै परिवर्तन हुन सकेको छैन् । सुरु सुरुमा विकास बजेटको खर्च तिर खासै ध्यान नदिने नगरपालिकालाई आर्थिक बर्षको अन्तिम तिर भने बजेट सक्नकै लागि भ्याइनभ्याइ हुने गर्दछ ।