काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् भनेर प्रश्न गरेका छन् ।
सोमबार सामाजिक सन्जाल ट्वीटर मार्फत नेकपा नेता रावलले भाद्र ७ गते टीकापुर सभामा बाबुराम भट्टराईले दिएको अभिव्यक्तीलाई लक्षित गरी कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् भनेर प्रश्न गरेका हुन ।
टीकापुरमा सनिबार टिकापुरमा आयोजित सभामा सत्तारुढ समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराईले टीकापुरको अहिलेको शान्तिलाई मुर्दा शान्ति भन्दै अधिकारका लागि आन्दोलन गर्नुपर्ने बताएका थिए ।
पूर्वगृहमन्त्री समेत रहेका रावलले ट्वीट गर्दै लेखेका छन – ‘ भाद्र ७ गते टीकापुर सभामा बाबुराम भट्टराई लगायत काठमाडौंबाट गएकाको कुरा युट्युबमा सुनेँ । उत्तेजनापूर्ण, सामाजिक सदभाव बिथोल्ने, बिभाजनकारी, षडयन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार । कति मानिस मारिएपछि अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् ?
भिम रावलद्धारा गरिएको पुरा ट्वीट हेर्न यहाँ क्लिक गर्नुहोस
सो सभामा बाबुराम भट्टराई लगायत खगेन्द्र संग्रौला, किशोर नेपालहरुले सम्बोधन गर्दै टीकापुर हत्याकाण्डमा रेशम चौधरी निर्दोष रहेको बताएका थिए ।