अत्तरिया - कैलालीको अत्तरियामा फुल तथा बेलुनको डेकुरेस ट्रेनिङ सप्ताहा सम्पन्न भएको छ । विप्लभ इभेन्ट प्लानिङ एण्ड मेनेजमेन्टको आयोजनामा यही पुस ८ गतेवाट सुरु भएको ट्रेनिङ सप्ताहाको आज एक कार्यक्रमका बिच समापना गरिएको हो ।
स्वदेशमै रोजगारको अबसर प्रदान गर्ने उद्देश्यका साथ अत्तरियाकै स्थानिय रोशनी चौधरी , गौरी मल्ल र सुनिता रोकायाको नेतृत्वमा उक्त ट्रेनिङ सप्ताहाको आयोजना गरिएको थियो । उक्त ट्रेनिङमा भारतवाट आएका प्रशिक्षक अनिल कास्यबले ब्यालुनवाट गेट , स्टेज , कोठा , ग्लारी , हल र कार सजाउने प्रशिक्षण दिएका थिए ।
उक्त ट्रेनिङ सप्ताहामा ५ जना उत्कृष्ट छनौट भएका छन् । छनौट हुनेहरुमा सुखडका विशाल सेन्चुरी , तेघरीका दिपक साउँद , लालपुरका दिया ओली , धनगढीका दिपक ढाट र लालपुरका राजेश बि.क रहेका छन् ।
उनीहरुलाई आज समापना कार्यक्रमका प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी कैलाली उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले तालिमवाट सिकेको कुराहरुलाई ब्यावहारिक रुपमा लागू गरेर ब्यवासायीक रुपमा अगाडी बढाउन सबै सहभागीहरुलाई आग्रह गरे ।
उनले पढाईमा डिग्री गरेपनि सिप नहुदाँ कुनै काम गर्न नसकिने भएकाले सिकेको सिपलाई जति सक्दो ब्यावहारिक रुपमा लागु गर्दै जानुपर्ने बताए ।
उनले अहिले आफ्नै गाउँठाउँमा पनि धेरै सिप भएका ब्यक्तिहरु भएपनि यहाँ आफ्नो कामप्रतिको सम्मान नपाउदाँ धेरै युवायुवतीहरु बिदेशिन बाध्य रहेको बताए । हरेक कामको सबैले सम्मान गर्न सक्नुपर्ने उनको भनाई रहेको छ ।
उनले धैर्यता र अनुशासनले एक दिन अवश्य पनि सफलता प्राप्त हुने भएकाले धैर्य गर्न सक्नुपर्ने बताए । ७ दिनको अबधिमा करिब ३०० जनालाई तालिम प्रदान गरिएको कार्यक्रमका सहयोगी बिनोद मल्लले बताए ।
उनले अब तालिममा सहभागीहरु सबैले सिकेका कुराहरुलाई ब्यवहारिक रुपमा लागू गरे आफै पनि बेलुनवाटै थुप्रै सजावटका सामाग्रीहरु बनाउन सक्ने र कुनै पनि कुराहरु सजावटका गर्नका लागि बाहिरवाट मानिसहरु बोलाउन जरुरी नहुने विश्वास ब्यक्त गरे ।