बाजुरा – लगातारको बर्षा संगै पहिरो आउन थालेपछि बाजुराको बडीमालिका नगरपालिका ५ मा रहेको रुघाखोचा बस्ती पहिरोको उच्च जोखिमा परेको छ । बस्तीको माथिबाट जडाङ्गा देखि मना सम्म सडक काटिएर पहिरो खस्न थालेपछि बस्ती पहिरोको उच्च जोखिममा परेको हो ।
नगरपालिकाले सडकको डिपीआर नै नगरि भिरालो चट्टानमा सडक काटिएको हुँदा चट्टान बेला बेला खसिरहेको स्थानियले बताएका छन ।
बेलाबेलामा पहिरो खस्न थालेपछि अहिले रुघाखौचाका ४ घरपरिवार पहिरो उच्च जोखिमा रहेका छन । पहिरो आउने डरले अहिले पुरै बस्तीका मान्छेहरु रातभरि जाग्राम बस्ने गरेको स्थानीय लोकेन्द्र साउँदले बताए ।
उनले भने – ‘ढुङ्गा माटो खसेर खेतीयोग्य जमिनको केही भाग पुरिएको छ, पहिरो आउने क्रम नरोकिएकाले बाकी खेत पनि पुरिनेक्रम नरोकिएकाले आफूहरु चिन्तित बनाएको छ ।’ स्थानिय सुरद साउँदले व्यवसाय गर्नको लागि सडक नजिकै ब्राखा र तरकारी व्यवसाय गर्दै आएको थिए तर नगरपालीकाले बस्तीको कुनै वास्था नगरी मनोमानीत तरीकाले गाउँभन्दा माथीबाट सडक काटन सुरु गरे पछी आफ्नो व्यवसाय पनि जोखिममा रहेको बताए ।
‘पहिरोले आफ्नो पुरै खेत बगाइ सक्यो र अब घर मात्र बाकी रहेको छ ।’ साउँदले भने –‘यो घर पनि कुन दिन बगाउने हो ।’
स्थानियले बस्ती पुरै जोखिममा रहेको भन्दै तटबन्धनका लागि बडिमालिका नगरपालिका संग पटक पटक अनुरोध गरेपनि कसैले वास्ता नगरेको बताएका छन ।
बर्षादको मौसम सकिने बितिकै काम सुरु हुने
बडीमालीका नगरपालीका वडा नम्बर ५ का अध्यक्ष बल बहादुर थापाले सडकको कारण बस्ती जोखिमा रहेकोले पहिरोे रोकथामका लागि आफूले नगरपालीका संग पहल गरि काम अगाडी बढाईसकेको बताए ।
‘पुरै बस्तीको माथी तटबन्दन गर्ने नगरपालिकाको जोजना रहेको छ ।’ अध्यक्ष थापाले भने – ‘यसै वर्ष तटबन्दन गर्ने योजना बनीसकेका छ । अहिले बर्षादको समय भएकाले काम सुरु नभएको हो । बर्षादको मौसम सकिने बितिकै काम सुरु हुन्छ ।’