अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका बिच सहरकारी संस्थाको १० औं साधारण सभा सम्पन्न भएको हो ।
सहकारी संस्था संचालक समितिका अध्यक्ष चेत राज पन्तको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शिक्षाबिद डा. हेम राज पन्त प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा बाल्दै प्रमुख अतिथी डा. पन्तले अहिलेको परिवेशमा सहकारीको धेरै महत्व रहेको बताए ।
उनले ग्रमाणि क्षेत्रहरु नागरिकहरुका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलिरहेको बताए । उनले सहकारी भनेको जनताको प्रत्यक्ष सहभागिता हुने थलो रहेको बताए ।
सहकारीमा समाजका सबै मानिसहरुको प्रत्यक्ष रहेकाले यसले समाजमा अहम भूमिका खेलिरहेको बताए । यस्तै उनले अझै पनि सहकारीहरु नाफामूलक भन्दा पनि गाउँ गाउँमा रोजगारी सिर्जना देखी गरिबी निवारणमा गर्न बढी ध्यान केन्द्रित हुन आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा अध्यक्ष चेत राज पन्तका तर्फबाट सस्थाकी सदस्य दिपा भण्डारीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने संस्थाका कोषाध्यक्ष दल बहादुर खड्काले सहकारीको आयव्याय विवरण प्रस्तुत गरेका थिए ।
२०७८ अषाढ मसान्त सम्म सहकारीले ७ करोड ६१ लाख १४ हजार ८ सय ९३ रुपैया बराबरको कारोबार गरेको छ । २०७७ साल अषाढ मसान्त सम्ममा जम्मा ऋण लगानी ४ करोड ७४ लाख ८ हजार २४४ रहेकोमा गत बर्षको लगानी बढेर अहिले ६ करोड ९ लाख ९३ हजार ३ सय १३ रुपैया लगानी रहेको छ । सो संस्थाले २०७७\०७८ कुल २४ लाख ६५ हजार ९२ रुपैयाँ मुनाफा आर्जन गरेको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
२०७७ साल अषाढ मसान्त सम्मको चुक्ता पुजीँ १ करोड ३२ लाख ४३ हजार १ सय रुपैया रहेकोमा ५ दशमलब ९९ प्रतिशतले बढेर २०७८ अषाढ मसान्त सम्ममा चुक्ता शेयर पुजीँ १ करोड ४० लाख ३६ हजार १ सय पुगेको छ ।
यसैगरि २०७७ साल अषाढ मसान्त सम्म २ करोड २५ लाख ३५ हजार ६ सय ५० रुपैया निक्षेप संकलन रहेकोमा गत बर्षको तुलनामा १५ दशमलब ४८ प्रतिशतले बृद्धि भई २०७८ अषाढ मसान्त सम्ममा २ करोड ६० लाख २४ हजार ६६९ रुपैया निक्षेप रहेको छ । यसैगरि संस्थाले ६ करोड बढीका ऋण लगानी गरेको छ ।
२०६८ सालमा ५६ जना संस्थापक सेयर सदस्यको २० लाख सेयर पुजीबाट सुरु भएको सहकारीमा हाल १ हजार ६ सय ७९ सेयर सदस्य पुगेका छन भने सेयर पुजी १ करोड ४० लाख ३६ हजार पुगेको छ ।
गोदावरी नगरपालिकाका १२ ओटै वडामा कार्यक्षेत्र रहेको उक्त सहकरीको गोदावरी ८ मा एउटा स्याउले बजार सेवा केन्द्र रहेको छ । सहकारी संस्था संचालक समितिका सदस्य लाल बहादुर खड्काको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन सचिब राम बहादर मौनीले गरेका थिए ।
अध्यक्षमा श्याम बहादुर खड्का निर्वाचित
सिटी बचत तथा ऋण सहकारी संस्था संचालक समितिको नयाँ कार्यसमिति पनि चयन गरिएको छ । सहकारीको १० औं साधारण सभाबाट अध्यक्षमा श्याम बहादुर खड्का निर्वाचित भएका छन ।
यस्तै उपाध्यक्षमा दल बहादुर खड्का, सचिवमा प्रकाश देउवा र कोषध्यक्षमा दीपा भण्डारी निर्वाचित भएका छन् भने सदस्यहरुमा चित्रा विनाडी भट्ट कल्पना शाह, भानुभक्त भट्टराई, झपट बहादुर खड्का र डम्बर बहादुर कुँवर निर्वाचित भएका हुन् ।
उनीहरु सबै सर्वसम्मत निर्वाचत भएका हुन् । यसैगरि कल्याण सिंह बोहराको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति पनि चयन गरिएको छ । समितिको सदस्यमा देवकी देवी खड्का र तपराज ओझा रहेका छन ।