बाजुरा – बाजुराको त्रिवेणी नगरपालिकामा रहेको मालागाड नदीमा काठेपुल निमार्ण गरीएको छ । काठेपुल निमार्ण भएपछी त्रिवेणी नगरपालिकामा सवारी साधन सञ्चानमा आएका छन ।
मालगाड नदीमा पुल नहुँदा त्रिवेणी नगरपालिका साविको तोली, छतार, र तोली, छताराबाट कैलामाण्डौ लगाएता विभिन्न ठाँउमा जान त्यस क्षेत्रका स्थानीयबासीहरु समस्या भोग्दै आएका थिए ।
मालागाड नदीमा पुलको लागि पटक पटक केन्द्र र प्रदेश सरकार संग माग गर्दा पनि कसैले वास्था नगर्दा सो ठाँउमा साना तथा मद्यम खालका सवारी साधान सञ्चालन गर्न त्रिवेणी नगरपालीकाले काठेपुल निमार्ण गरेको त्रिवेणी नगरपालिका मेयर रामसिँह रावलले बताए ।
त्रिवेणी नगरपालिकामा हिउँद र बर्षादको समयमा पनि यातायात सञ्चालन हुने गरी काठेपुल बनाएर यातायात सुचारु गरीएको नगरपालीका मेयर रावलले बताए ।
मालागाड नदीमा पुल निमार्ण नहुँदा यसअघि हिउँदको समयमा खोलाबाट यातायातका साधन सञ्चानल आउँने गरेका थिए भने बर्षातको समयमा नदिमा पानीको बहाव बढ्दा यातायात रोकिने गरेको थियो ।
पुल निमार्ण गरे पछी अब बाह्रै महिना सवारी साधन सञ्चालन हुने मेयर रावलले बताए । मालागड नदीमा अस्थाइ रुपमा काठेपुल निमार्ण भए पनि त्रिवेणी नगरपालिका बासीलाई यातायात गर्न निकै सहज भएको त्रिवेणी नगरपालीका ४ का स्थानीय रण बहादुर साउँदले बताए ।
साउँदले भने – ‘मालागाड नदिमा पुल नहुँदा आफूहरुलाई यातायात गर्न निकै समस्या भएको थियो । यो वर्ष देखि पुल निमार्ण हँुदा स्थानीय बासी ब्यापारी र नगरपालिका बाहिर गएर उच्च शिक्षा अध्यन गर्ने विद्यार्थीहरुका लागि निकै सजिलो भएको छ ।’