अत्तरिया - कैलालीको अत्तरियामा आजवाट फुल तथा बेलुनको डेकुरेस ट्रेनिङ सप्ताहा सुरु भएको छ । स्वदेशमै रोजगारको अबसर प्रदान गर्ने उद्देश्यका साथ आज एक कार्यक्रमका बिच फुल तथा बेलुनको डेकुरेस ट्रेनिङ सप्ताहा सुरुको उद्धघाटन गरिएको हो ।
विप्लभ इभेन्ट प्लानिङ एण्ड मेनेजमेन्टको आयोजनामा सुरु भएको उक्त ट्रेनिङ १४ गते सम्म चल्ने छ । अत्तरियाकै स्थानिय रोशनी चौधरी , गौरी मल्ल र सुनिता रोकायाको नेतृत्वमा उक्त ट्रेनिङ सप्ताहाको आयोजना गरिएको हो ।
उक्त ट्रेनिङ गेट , स्टेज , कोठा , ग्लारी , हल र कार सजाउने प्रशिक्षण दिइने कार्यक्रमका सहयोगी बिनोद मल्लले जानकारी दिए ।
२०० जनालाई सहभागी गराइने भनिएको उक्त ट्रेनिङमा करिब ३०० जनाको सहभागिता रहेको उनले बताए । सप्ताहामा सहभागिता जनाउनका लागि प्रति ब्यक्ती ५० रुपैया मात्रै प्रवेश शुल्क राखिएको छ भने कच्चा समाग्रीहरु सहभागी आफैले ल्याउनुपर्ने भएको छ ।
तालिममा सहभागिहरुलाई प्रशिक्षण दिनका लागि भारतवाट अनिल कास्यबलाई प्रशिक्षकका रुपमा बोलाइएको छ । उनले सहभागीहरुलाई प्रशिक्षण दिने आयोजनाले बताएको छ । सो ट्रेनिङमा अत्तरिया , धनगढी , महेन्द्रनगर , टिकापुर , लम्की , सुखड लगाएतका बिभिन्न ठाउँवाट प्रशिक्षकहरु सहभागी रहेका छन् ।
अत्तरियामा यस्तो प्रकारको ट्रेनिङमा पहिलो पटक आयोजना भैरहेको हो । यस ट्रेनिङमा ७ दिनमा ७ जना उष्कृष्टलाई छनौट गरि रोजगारीको अबसर प्रदान गरिने भएको छ । उक्त तालिम महेन्द्रनगर रोडमा रहेको पुरानो वाणिज्य बैंक रहेको भवनमा संचालन हुने उनले बताए ।