अत्तरिया - कञ्चनपुरको कृष्णपुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । वडा कार्यालयको भवन निर्माणको बिषयलाई लिएर वडा नं ६ मौरीफाटाका स्थानिय वडाबासीहरुले आज नगरपालिकाको मुल गेटमा तालाबन्दी गरेका हुन् ।
लामो समय देखी विवादित बनेको वडा कार्यालयको भवन बसन्तपुरको महाकाली मावि स्वामित्वमा रहेको जग्गामा निर्माण गर्न लागेको भन्दै नगरपालिकाको कार्यालयमा तालबन्दी गरिएको स्थानिय पुष्पराज भट्टले जानकारी दिए ।
उनले पटक पटक वडा कार्यालयको प्रशासनिय भवन निर्माण जनताको पाइक पर्ने स्थानमा बनाउनका लागि आग्रह गर्दा पनि जनप्रतिनिधिहरुले एकलौटी गरेर अन्यन्त्रै बनाउन खोजेपछि बाध्य भएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको बताए ।
उनले यस बिषयमा आफूहरुले पटक पटक वडाका जनप्रतिनिधिहरु र नगरपालिकाका जनप्रतिनिधिहरुलाई ज्ञापन पत्र , ध्यानाकर्षण पत्र र सुझावहरु दिदै आएपनि आर्थिक चलखेलका कारण आफ्ना चहाना र भावनाहरु नगरपालिकाले लत्याएको आरोप लगाए ।
वडाबासीको मागलाई लत्याएर मनोमानी ढंगले एकलौटी गरेकाले आफुहरु आन्दोलित बनेको अर्का वडाबासी देव बहादुर वडले बताए । उनले वडाका आधा भन्दा बढी हिंस्सा भएको ठाउँमा वडा कार्यालय बनाउनुका सट्टा बस्ती कमै भएको र त्यसमा पनि प्रकृतिक तालमा लगेर वडा कार्यालयको भवन निर्माण गर्न लगेकोमा आफूहरुको आपत्ति रहेको बताए ।
उनले वडा कार्यालय सबैको साझा सम्पत्ति भएकाले आफूहरु बिकासको बिरोधी नभई वडाबासीको चहाना र भावना विपरित सत्ता र शक्तिको प्रयोग गरेर एकलौटी ढंगले गरिएको कार्यको बिरोधी रहेको बताए ।
उनले जनप्रतिनिधिहरुले सुरुमा आफुहरुको चहाना अनुसार वडा कार्यालयको भवन निर्माण गर्ने आवश्वासन दिएपनि अहिले भने मनोमानी र दम्भ देखाईरहेको बताए । आफूहरुले कसैको बिरोध नगरि वडा कार्यालय जस्तो सार्बजनिक भवन सबैलाई पाइक पर्ने ठाउँमा बन्नुपर्ने माग मात्रै राखेको स्थानिय महिला कलाबती देवी बोगटीले बताइन् ।
उनले आफूहरुले वडा कार्यालय भवन सर्बैलाई पाईक पर्ने ठाउँमा बनाउन भनि ३ ठाउँमा जग्गा समेत उपलब्ध गराएको भएपनि जनप्रतिनिधिहरुले बेवास्ता गरेको बताइन् । उनले यसै बिषयलाई लिएर आफुहरुले २ पटक वडा कार्यालयमा तालाबन्दी समेत गरिएको बताइन् ।
उता कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालले आफूहरुले जनताको भावना अनुसार नै काम गरिरहेको बताए । उनले पहिलो आर्थिक बर्षको बजेटमा नै वडा कार्यालय भवन निर्माणका लागि बजेट छुट्याएको भएपनि जग्गा नपाउदाँ काम अगाडी बढ्न नसकेको बताए ।
उनले वडा कार्यालयको भवन निर्माणका लागि सबै ठाउँमा जग्गाको खोजी गरिएको भएपनि जग्गा नपाउदँ अहिले माहकाली मा.वि नजिकै रहेको १३ कट्टा सार्बजनिक जग्गामा वडा कार्यालय भवन निर्माणको डिपिआर देखी अन्य प्राबिधिक कामहरु काम सम्पन्न भैसकेको बताए ।
वडाबासीले वडा कार्यालय भवन निर्माणका लागि ३ ठाउँमा जग्गा उपलब्ध गराएका थियौ भन्ने प्रश्नमा उनले जग्गा प्राप्तिका आधारहरु प्रमाण सहित देखाउन आग्रह गरे । उनले बिना प्रमाण कानुन विपरित वडाबासीले भनेको जग्गामा वडाको भवन निर्माण गर्न नसकिने बताए ।
उनले यस बिषयमा पटक पटक कार्यापालिका बैठकमा छलफल गरिएको र अन्तिम विकल्पमा अहिले डिपिआर भैसकेको जमिनमा वडा कार्यालयको भवन निर्माण प्रकृया अगाडी बढेको बताए । उनले तालाबन्दी र वडा कार्यालय भवन निर्माणको बिषयमा छलफल गर्न भोली सर्वपक्षिय बैठक बोलाएको बताएका छन् ।
अहिले प्रकृतिक तालमा बनिरहेको वडा कार्यालय भवन निर्माणको प्रकृया र ठेक्का प्रकृया रद्ध गर्नुपर्ने स्थानियहरुको माग रहेको छ । आफ्ना मागहरु पुरा नभएसम्म तालाबन्दी नखोल्ने स्थानिय वडाबासीले अडान लिएका छन् ।