धनगढी -विवेकशील साझा पार्टीले २७ पुषकाे पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ । याे यात्रा कञ्चनपुरबाट २७ पुषमा सुरु भएर १६ माघमा शहीद दिसवका दिन झापा पुगेर अन्त्य हुने पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।
उनका अनुसार मंगलबार बसेकाे पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले याे निर्णय गरेको हो । यात्राको विस्तृत विवरण पछि प्रकाशित गरिने पाठकले बताएका छन् ।
नागरिकहरूका आ-आफ्ना वैचारिक दृष्टिकोण भए पनि 'विचारभन्दा माथि देश' नै हो भन्ने भावना प्रवर्द्धन गर्नु, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने पार्टीका एजेण्डा आमसर्वसाधारणसम्म पुर्याउनु, पार्टीको आमनागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु राष्ट्रिय एकता यात्राको मूल उद्देश्य रहने पार्टीले जनाएकाे छ ।
'देशको स्वार्थ गौण र राजनीतिकर्मीको स्वार्थ प्रधान हुँदै जाँदा एकतर्फ नेपालको स्वाभिमान अत्यधिक रूपमा क्षयीकृत हुँदै गएको र राजनीतिकर्मीहरूले देशलाई शिरमा नराख्दा सुशासनको अपेक्षा नै गर्न नसक्ने स्थितिमा हामी पुगेका छौँ । त्यसैले सबैभन्दा माथि देश नै हो भन्ने भावना हामी सबैमा जागृत हुनुपर्यो । सो भावना प्रवर्द्धनको शुभारम्भ गर्ने दिन राष्ट्रिय एकता दिवसबाहेक अर्को हुन सक्दैनथ्यो', अध्यक्ष रवीन्द्र मिश्रले भने ।
भएको छ । याे यात्रा कञ्चनपुरबाट २७ पुषमा सुरु भएर १६ माघमा शहीद दिसवका दिन झापा पुगेर अन्त्य हुने पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।