बसन्ती धामी\अत्तरिया - कैलालीको गोदावरी नगरपालीका वडा नं २ अत्तरियामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मालाखेतीको २५ औ वार्षिक साधारण एबम् नवौ अधिबेशन सम्पन्न भएको छ ।
साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष तेजराज अबस्थीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत प्रमुख अतिथी र वडा नं २ का वडाअध्यक्ष कृष्णराज जोशी बिशिष्ट अतिथी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै उप प्रमुख कडायतले जनताको विकाश भए समाजको विकाश हुने र समाजको विकाश भए नगरको विकाश हुने भएकाले सबैले ब्यवासायीक रुपमा अगाडी बढ्न जरुरी रहेको बताए । सहकारी किसानहरुको खेती जस्तो रहेको हुदा आफ्नो खेतीको हेरचाहा पनि आफैले गर्नुपर्ने उनले बताइन् ।
यस्तै उनले सहकारीको विकास नै शेयर सदस्यहरुको बृद्धिविकास भएकाले शेयर सदस्यहरुलाई आफुले गरेको लगानी बारेमा सदैब चनाखो हुनुपर्ने बताइन् । २०५३ सालमा २ सय ९१ जना शेयर सदस्यको १२ हजार ५ सय रुपैया शेयरपुँजीबाट सुरु भएको सो सहकारीमा आर्थिक बर्ष २०७७÷७८ को असाढ मसान्त सम्ममा २ करोड ७ लाख ५८ हजार शेयरपुँजी रहेको छ ।
संस्थाले आर्थिक बर्ष २०७७\७८ को असाढ मसान्त सम्ममा ३० करोड ३१ लख ७६ हजार बराबरको कारोबार गरेको छ । १ करोड १४ लाख ६२ हजार रुपैया खुद नाफा आर्जन गरेको छ । ९९ लाख ५९ हजार नाफा कमाउने लक्ष्य लिएको उक्त रकम खुद नाफा भएको हो ।
यसैगरि आर्थिक बर्ष २०७८\७९ मा १ करोड १५ लाख ७५ हजार रुपैया नाफा कमाउने लक्ष्य राखिएको २०७८÷७९ को बार्षिक बजेट , निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । संस्थाले गोदावरी नगरपालीका वडा नं १,२,३,४,१०,११, १२ र चुरे गाउपालिकाको वडा नं २,३,४ मा आफ्नो सेवा दिदै आईरहेको छ ।
सहकारीले सामुदायिक तथा सामाजिक कार्यक्रमहरु अन्र्तगत बिभिन्न ठाउँमा आर्थिक सहयोग पनि गर्दै आएको संस्थाका मुख्य प्रबन्धक गोखर खत्रीले जानकारी दिए ।
उनले साना किसानहरुको विकास , साना किसानहरुवाट , सानाकिसानहरुका लागि नै गर्न सकिन्छ भन्ने बिश्वासका साथ यस क्षेत्रमा छरिएर रहेका स सानो पुजीँलाई बिभिन्न बचतका माध्यामद्धारा संकलन गर्दै त्यसको अधिकतम परिचालन गरि साना किसानहरुलाई आवश्यक पर्ने स साना घरेलु समस्या देखी कृषि उत्पादन , कृषि ब्यबसाय र साना घरेलु उधोगहरु संचालनका लागि लगानी गर्दै आएको बताए ।
संस्थाको कोरोना महामारीका बेलामा आफ्नो शेयर सदस्यहरुका लागि बिभिन्न सहयोग गरेको खत्रीले बताए । संस्थाले आर्थिक बर्ष २०७८\७९ मा गर्ने संस्थाका मुख्य रणनिति तथा कृयकलापहरु पनि सार्वजनिक गरिएको छ ।
जसमा १ बर्ष भित्रमा संस्थाको कार्यक्षेत्रका सम्पूर्ण साना किसान परिवार मध्ये ९५ प्रतिशतलाई साना किसान सहकारीमा समेटिने मुख्य प्रबन्धक खत्रीले बताए । कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र शेयर सदस्यहरु उपस्थित रहेका थिए ।