धनगढी-धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलमा घरेलु टोली सुदुरपश्चिमप्रदेश र विभागीय टोली एपिएफ विजयीभएका छन् । समुहबीअन्तर्गत फाप्ला मैदानमाभएका खेलमा सुदुरपश्चिमप्रदेशले गण्डकी प्रदेश र एपिएफले प्रदेश नम्बर २ लाई हराएको हो । धनगढीमा जारी प्रधानमन्त्रीकपमहिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदुरपश्चिमप्रदेश विजयीभएको छ । फाप्ला मैदानमा सोमबार भएको दोस्रो खेलमा सुदुरपश्चिमप्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले १८ ओभरमासबै विकेट ३१ रनमागुमायो ।सुदुरपश्चिमप्रदेशको बलिङ सामु धर्मराएको गण्डकीका लागिकुनै पनि खेलाडीले दोहोरो रन अंकजोड्न सकेन् । गण्डकीका लागि पेमलम्बु शेर्पाले बनाएको ६ रन नै सर्वाधिक हो ।
सुदुरपश्चिमका लागि कविता जोशी र दीपा जोराले दुई दुई विकेट लिईन् । कविताकुँवर र ईश्वरी विष्टले एक एकविकेट लिईन् । गण्डकीका चार जना खेलाडी रनआउट भए ।
प्रति उत्तरमा ३२ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम प्रदेशले एक विकेट क्षतिमा लक्ष्य भेट्टायो । ३२ रनको लक्ष्य सुदुरपश्चिमले दुई दशमलब १ ओभरमा पुरा गरेको हो । सुदुरपश्चिमका लागि कविता जोशीले ८ रन र शोभा रोकायाले ५ रन बनाईन । सुदुरपश्चिमले १९ रन अतिरिक्त पायो । खेलमादुई विकेट सहित ८ रन बनाएकी सुदुरपश्चिमकीकविताजोशीप्लेयर अफ द म्याच भईन् ।
सोमबार भएको पहिलो खेलमाविभागीय टीम एफिएफले प्रदेश नम्बर २ लाई ४८ रनले पराजित गरेको छ।फाप्ला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले ८ विकेट क्षतिमा ९८ रन बनायो । विहानको हुस्सु र सित लहरले ढिलो गरी खेल सुरु हुँदा १५ ओभरमा घटाईएको खेलमा एपिएफका लागि ज्योती पाण्डेयले २४ रन, ईन्दु वर्मा २१ रन, रोमाथापाले १४ रन र ममत चौधरीले ११ रन बनाईन् । प्रदेश नम्बर २ का लागि विमला मगरले तीनविकेट लिईन् । त्यस्तै अनुराधा चौधरी, रोजी खड्का र सन्तोषी चौधरीले एक एक विकेट लिईन् ।
९९ रनको विजयलक्ष्य पछ्याएको प्रदेशनम्बर २ ले ५० रन मात्रै बनाउन सक्यो । उसले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदा ५० रन मात्रै बनाउन सक्यो । प्रदेश नम्बर २ कालागि मेलिना रायमाझीले २० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । एपिएफका लागि सुक्ष्मा श्रेष्ठले दुई विकेट लिईन् । सोनु खड्का, रेखा रावल सीता राना मगर र करुणा भण्डारीले एक एकविकेट लिईन् । खेलमाएपिएफकी सुष्माश्रेष्ठ प्लेयर अफ द म्याचभईन् ।
प्रतियोगिता अन्तर्गत मंगलबार समुह ए कादुई खेल हुनेछन् । पहिलो खेलमाप्रदेश नम्बर १ र लुम्बिनीप्रदेश खेल्नेछन् । सेमिफाईनलपुगेकादुबै टोलीको खेलले समुह ए को विजेता र उपविजेताको टुङगो लगाउनेछ । मंगलबारकै अर्को खेलमा कर्णालीप्रदेश र वागमति प्रदेश खेल्नेछन् । प्रतियोगिताबाट बाहिरिएका दुबै टोली सान्तवना जितका लागि खेल्नेछन् ।
नेपालक्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भईरहेको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ । ७प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइदैछ । समूह ए माप्रदेश नम्बर १, लुम्बिनीप्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश र समूह बी मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर २ रहेका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यानअफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्स ओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।