अत्तरिया - सुदूरपश्चिनम प्रदेशको राजधानी कैलालीको अत्तरियामा टीभीएस कम्पनीको नयाँ स्वरुम संचालनमा आएको छ । अत्तरियाको धनगढी रोडमा वडा नं १ को कार्यालय नजिकै टीभीएस कम्पनीको आधिकारिक बिक्रता बागेश्वरी मल्टी मोटर्स संचालनमा आएको हो ।
उक्त स्वरुमको आज गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले भब्य रुपमा उद्धघाटन गरेकी छन् । बागेश्वरी मल्टी मोटर्सका संचालनक प्रेम साउँदको सभापतित्वमा आयोजित एक औपचारिक कार्यक्रममा प्रमुख अतिथी रहनुभएकी उप प्रमुख कडायतले रिवन काटेर स्वरुमको उद्धघाटन गरेकी हुन् ।
कार्यक्रममा बोल्दै उपप्रमुख कडायतले अत्तरिया क्षेत्रमा नयाँ मोटरसाइकल शोरुम स्थापना हुन यहाँका लागि खुशीको कुरा भएको बताइन् । व्यापारिक क्षेत्रको विस्तार हुँदै जानुले अत्तरिया क्षेत्र आर्थिक विकासमा पनि टेवा पुग्ने बताइन् ।
कार्यक्रमका सभापतिसमेत रहेका शोरुपमा सञ्चालक प्रेम साउँदले ग्राहक बर्ग टीभीएसलाई अत्याधिक रुचाएकै कारण अत्तरिया क्षेत्रमा आफ्नो दोस्रो शाखा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले अत्त रिया क्षेत्रमा पनि शोरुम खोलिसकेपछि टीभीएसका बाइकल, स्कुटरको खरिदर तथा सर्भिसमा सजिलो हुने आशा व्यक्त गरे ।
बिभिन्न सेवा सुबिधा सहित अत्तरियामा संचालनमा आएको स्वरुमले ग्राहकहरुको माग अनुसार नै काम गर्ने संचालक साउँदले बताए ।
टीभीएस कम्पनीको आधिकारिक बिक्रता बागेश्वरी मल्टी मोटर्सको उद्धघाटन कार्यक्रममा गोदावरी नगरपालिकाका प्रबक्ता एबम् वडा नं १ का वडा अध्यक्ष शर्मानन्द भट्ट र अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा बिशिष्ट अतिथी रहेको थिए ।
यस्तै सो कार्यक्रममा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी प्रमुख एसपी बामदेव गौतम , ईप्रका मालाखेतीका निमित्त प्रमुख प्रहरी निरिक्षक दान बहादुर रोकाया , भारतवाट आएका टिभिएस कम्पनीका नेपाल प्रमुख दिपक मकड , जगम्बा मोटर्सका सह अध्यक्ष दिपक अग्रवाल , जिएम सेल्स डेढ दिपक रौनियार , जगदम्बा मोटर्सका मार्केटिङ हेड बिक्रम पौडेल र जगदम्बाका सेल्स म्यानेजर सन्तोष पारिक अतिथी रहेका थिए ।
शोरुम उद्घाटनका अवसरमा आइतबार नै कम्पनीले युवा लक्षित १२५ सीसी अन्तर्गत अत्याधुनिक फिचर्ससहितको नयाँ मोटरसाइकल ‘टीभीएस रेडर’ पनि सार्वजनिक गरिएको छ । शोरुम उद्घाटन पश्चात नयाँ बाइक ‘टीभीएस रेडर’लाई राष्ट्रिय कलाकारहरुको टीमले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
मोटरसाइकल सार्वजनिक कार्यक्रममा सप्तसंगी–३ का चर्चित गायक रामकृष्ण ढकाल, प्रमोद पोखरेल, अनिल सिंह, बद्री पंगेनी, मिलन नेवार, अस्मिता अधिकारी, हास्यकलाकार राजाराजेन्द्र पोखरेल, मिडिया व्यक्तित्व नरेश भट्टराई, निरुता प्रधांगना, टिकटक स्टार उशा उप्रेतीको उपस्थिति रहेको थियो ।
अत्तरियामा २ महिना पहिले स्थापना भएको उक्त बागेश्वरी मल्टी मोटर्सले उद्धघाटन अगाबै डेढ सय मोटरसाईकल तथा स्कुटरहरु बिक्रि गरिसकेको उनले बताए ।