टीकापुर - टीकापुर घटनाको ४ वर्ष पछि सदभाब को लागी थरुहट÷थारुवान सम्मेलन भएको छ । आज (भदाै ७) पारेर थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले टीकापुरमै थरुहट÷थारुवान राष्ट्रिय सम्मेलन सुुरु गरेको छ । सम्मेलनमा देशभरका थारु, जनजाति अगुवा, पहिचान पक्षधर नेताहरुको उपस्थिति रहेको छ ।कडा सुरक्षा बिच कार्यक्रमको उद्घाटन सत्र शुरु भएको छ ।
कार्यक्रममा सहभागी अधिकान्स नेताहरुले थरुहट आन्दोलन थारुहरु माथिको उत्पिडनको उपज भएको बताए । कार्यक्रमको प्रमुख आक्रर्षण संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको संविधानले थारुहरुको अधिकार दिन निसक्ने बताए । उनले भने - हामीले नै बनाएको संविधान हो तर आधा पानी भरिएको गिलास जस्तै संबिधान भएको छ ।
कार्यक्रममा सहभागीहरुले कैलाली क्षेत्र न १ बाट निर्बाचित रेशमलाल चौधरीको रिहाईको माग गरे ।कार्यक्रममा नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य किरण,राजपाका अध्यक्षमण्डलका सदस्य लक्ष्मणलाल कर्ण, पूर्व राजदूत विजय कर्ण, वरिष्ठ पत्रकार किशोर नेपाल, लेखक खगेन्द्र संग्रौला, काँग्रेस नेता सुरेन्द्र चौधरी, थरुहट नेता लक्ष्मण थारु, अधिवक्ता शंकर लिम्बु, समाजशास्त्री डा. ओम गुरुङलगायतले सम्बोधन गरेका थिए ।
सम्मेलनको दोस्रो दिन भदौ ८ गते बन्दसत्र चल्ने छ भने तेस्रो तथा अन्तिम दिन भदौ ९ गते टीकापुर घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न हुनेछ ।भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालक टेकबहादुुर साउदको ज्यान गएको थियो ।