अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ३ मा रहेको मालाखेती अस्पताल बिगत ८ बर्ष देखी निमित्तकै भरमा संचालन भैरहेको छ ।
लाखौ स्थानियहरुको स्वास्थ्य सेवा संग जोडिएको मालाखेती अस्पतालमा दरबन्दी अनुसारको नवौ तहको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नहुदाँ विगत ८ बर्ष देखी अस्पताल निमित्तकै भरमा संचालन भैरहेको हो ।
मालाखेती अस्पताल स्थानिय सरकार मातहत गएपनि अहिले सम्म दरबन्दी अनुसार बिषेशज्ञ डाक्टर ल्याउन सकिएको छैन । दरबन्दी अनुसारको बिषेशज्ञ डाक्टर नहुदाँ निमित्तमा आउने डाक्टर बढीमा एक बर्ष नभए ६\७ महिनामै सरुवा भएर अन्यन्त्र जाने गरेका छन् ।
दरबन्दीको मेसु नभएकै कारण अहिले अस्पतालको सेवा प्रवाह देखी लिएर सेवा विस्तारमा निकै समस्या भैरहेको पाइएको छ ।
यस क्षेत्रकै सबै भन्दा पुरानो सरकारी अस्पतालका रुपमा रहेको मालाखेती अस्पतालले कैलाली र कञ्चनपुर गरी २ जिल्लाका स्थानियहरुलाई सेवा दिइरहेको छ । यस अस्पतालमा कैलालीको गोदावरी नगरपालिकाकासंगै , गौरीगंगा नगरपालिका , चुरे गाउँपालिकाका र छिमेकी कञ्चनपुरको कृष्णपुर नगरपालिकावाट दैनिक सयौ मानिसहरु उपचार सेवा लिनका लागि पुग्ने गरेका छन् ।
तर दरबन्दी अनुसारको डाक्टर ल्याउन तर्फ कसैले चासो नदेखाउँदा अस्पताल सम्म पुग्ने बिरामीहरुले राम्रोसंग स्वास्थ्य सेवा समेत पाउन सकेका छैन् । अहिले ३ जना डाक्टरहरु कार्यरत सो अस्पतालमा निमित्त मेसुको जिम्मेवारी डा. उत्तम बिष्टले सम्हालिरहेका छन् ।
निमित्तले कार्यालय सञ्चालन भएपनि ग्रमिण क्षेत्रका बिरामीहरुले पाउनुपर्ने सेवा सुबिधा पाउन नसकेको र अस्पतालले विस्तार गर्दै जानुपर्ने सेवा सुबिधाहरुको भने विस्तार हुन नसकेको सोही अस्पतालमा कार्यरत कर्मचारीहरु बताउँदछन् । अस्पतालमा कार्यरत एक जना कर्मचारीले अहिले आफुहरुले जसरी तसरी सेवा सुबिधा त दिइरहेको भएपनि सेवा प्रवाहमा भने समस्या भैरहेको बताए ।
जुन समस्याको बिरामी आए , त्यही अनुसारको डाक्टर त चाहियो नि ति कर्मचारीले भने दरबन्दी अनुसार मेसु भएको भए यहाँको जनताहरुको अझै अस्पतालसंगको पहुच बढाउने र अस्पतालको सेवा विस्तारलाई अगाडी बढाउदै लैजान सकिन्थ्यो तर यहाँ त डाक्टर नै छैनन् ।
अहिले निमित्तले अस्पताल संचालन गरिरहदाँ कुनै पनि सेवा विस्तार हुन नसकेको बताइएको छ । अस्पताल संचालन भएको लामो समयसम्म पनि मालाखेती अस्पतालमा दरबन्दी अनुसारको नवौ र दशौ तहको मेसु नभएको भन्दै नगरबासीले दुख ब्यक्त गरेका छन् ।
गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नबराज अबस्थीले मालाखेती अस्पतालमा अहिले नवौ तहको एक जना डाक्टरको दरबन्दी रिक्त रहेको बताए ।
उनले नवौ तहको एक जना , आठौ तहको २ जना डाक्टरको दरबन्दी भएपनि मन्त्रालयवाट पठाएका आठौ तहका दुई जना डाक्टरहरु पनि अहिले पढ्नका लागि बाहिर गएको बताए । उनले अस्पताल नगरपालिका मातहत आएपनि समिति सक्रिय नहुदाँ पनि झन समस्या भएको बताएका छन् । नवौ तहको बिषेशज्ञ डाक्टरको दरबन्दी पदपूर्तीका लागि प्रदेश लोक सेवा आयोगवाटै बिज्ञापन खुल्नुपर्ने उनको भनाई रहेको छ ।
अठौ तहका डाक्टरहरु पढ्नका लागि बाहिर गएकाले उहाँहरु नआउदाँ सम्म नगरपालिकाले करारमा पनि अरुलाई राख्न सक्छ यसका लागि नगरपालिकाले छलफल गर्नुपर्छ उनले भने । अहिले सो अस्पतालमा ३ जना डाक्टर र ३० जना स्वास्थ्यकर्मीहरु कार्यरत रहेका छन् ।
मालाखेती अस्पतालले अहिले २४ सैँ घण्टा इमरजेन्सी सेवा , २४ सैँ घण्टा संस्थागत सुत्केरी सेवा , एक्सरे , भिडियो एक्सरे सेवा लगाएतको सेवाहरु दिइरहेको छ ।