अत्तरिया - आइतबार देखि देशभरका ५७ जिल्लामा कोरोना विरुद्धको मोडर्ना खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ बर्ष देखि १७ वर्ष सम्मका करिब १८ लाख बालबालिकालाई खोप लगाइने तयारी गरेको हो ।
आइतबार देखि सुरु हुने खोप अभियान १४ गतेसम्म चल्ने छ । पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउन पाउने मन्त्रालयले जनाएको छ ।
हिमाली जिल्लाका लागि १०० भन्दा बढी विद्यार्थी भएको विद्यालय र अन्य बाँकि जिल्लामा २०० भन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड तय गरिएको छ ।
उनका अनुसार यसअघि फाइजर खोप संचालन भएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुरा बाहेकका जिल्लामा मोडर्ना खोप अभियान संचालन हुनेछ ।
उनले यी जिल्लाहरुमा फाइजर खोप आएपछि खोप लगाइने बताए ।