अत्तरिया - नेपाल बिधालय कर्मचारी परिषद सुदुरपश्चिम प्रदेशको पहिलो परिषद भेला आज अत्तरियामा सम्पन्न भएको छ । नेपाल बिधालय कर्मचारी परिषद सुदुरपश्चिम प्रदेशका अध्यक्ष हरिलाल ओझाको सभापतित्वमा सम्पन्न भेलामा नेपाल बिधालय कर्मचारी परिषदका केन्द्रिय उपाध्यक्ष देव बहादुर भण्डारी प्रमुख अतिथी रहनुभएको थियो । यस्तै सो कार्यक्रममा कर्मचारी परिषदका केन्द्रिय अर्थ माहासचिब लक्ष्मण दत्त भट्ट बिशिष्ट अतिथी रहनुभएको थियो ।

नेपाल बिधालय कर्मचारी परिषद सुदुरपश्चिम प्रदेशका ८ जिल्लाका पदाधिकारीहरु सहाभागी रहेको उक्त कार्यक्रममा प्रदेश अध्यक्ष ओझाले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओझाले सरकारी बिधालयहरुमा विभिन्न पदमा कार्यरत कर्मचारीहरुको पिर मार्का र समस्याहरुलाई समाधान गर्नका निमित्त बिधालयमा कर्मचारीहरु मिलेर संगठन स्थापना गरिएको बताए । उनले सरकारले बिधालयमा कर्मचारीको आवश्यकता पर्छ भन्ने पनि महसुस नगरेको अबस्थामा आफुहरुले संगठन स्थापना गरेर बिधालय कर्मचारीका पक्षमा चरमबद्ध आन्दोलन सुरु गरेपछि सरकारले यसको महसुस गरी थोरै भएपनि आफ््ना मागहरु सम्बोद्धन गरेको बताए ।
संगठन स्थापना पछि आफुहरुले निरन्तर गरेको अथक प्रयासवाट हाल आएर प्रदेश सकारवाट प्रत्साहान भत्ता वाफत प्रति ब्यक्ति १० हजार र संघिय सरकारवाट पोसाक भत्ता आफुहरुलाई उपलब्ध गराइसकेकोमा उनले खुसी ब्यक्त गरे ।
'हामी बिधालयमा काम गर्ने कर्मचारीहरु सदैव खटिरहनुपर्ने तर सेवा सुविधावाट सधै बञ्चित हुनुपर्ने अबस्था आउन थाल्यो हामीले सोच्यौ , अब हामी एक जुट हुनुपर्छ एकताको बल देखाउनुपर्छ भनेर हामी लाञ्यौ' उनले भने - 'अहिले यो संगठन स्थापना गरेको धेरै भएको छैन यो पहिलो परिषद भेला हो हाम्रो पक्षमा अहिले सरकारपनि सकारात्मक रहेको छ ।'
उनले चालु आर्थिक बर्षमा बिधालय कर्मचारीहरुको तलब खरिदार वा नासु सरह सम्म बनाउने भनेर सरकारसंग सहमती पनि भैसकेको कार्यक्रममा जानकारी गराए । उनले सरकारसंग भएको सहमति यदि कार्यन्व्यन नभए पुन बिधालय कर्मचारी आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले अहिले बिधालयमा काम गर्ने कर्मचारीको मुख्य समस्या भनेको तलब भत्ता सम्बन्धि रहेको बताए । उनले यसका लागि जिल्ला जिल्लामा गठन गरिएका बिधालय कर्मचारी परिषदका पदाधिकारीहरु पनि एक जुट भएर लाग्नु पर्ने बताए ।
बिधालयमा कार्यरत कर्मचारीहरुले आफ्नो जिम्मेवारी र कर्तब्य कुशलता पुर्वक निभाउनुपर्ने बताउदै त्यसवाफत पाउनुपर्ने सेवा सुबिधाका लागि आफु र नेपाल बिधालय कर्मचारी परिषद सुदुरपश्चिम प्रदेश कमिटि सदैव बिधालय कर्मचारीको पक्षमा रहेको प्रतिबद्धता जनाए ।
कार्यक्रमका प्रमुख अतिथी बिधालय कर्मचारी परिषदका केन्द्रिय उपाध्यक्ष देव बहादुर भण्डारीले बिधालय कर्मचारीहरुले भोगिरहेको समस्याहरु बारे सरकार र शिक्षक महासंघ संग छलफल भैरहेको बताए । नेपाल बिधालय कर्मचारी परिषद सुदुरपश्चिम प्रदेश उपाध्यक्ष मनिराज ओझाको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन प्रदेश सचिब नर बहादुर कार्कीले गर्नुभएको थियो ।
कार्यक्रममा सहभागि विभिन्न जिल्लाका बिधालयमा कार्यरत कर्मचारीहरुले यहि भदौ २७ र २८ गते हुने केन्द्रिय पार्षद भेला सफल पार्न उत्साह पुर्ण सहभागिता जनाउने बताएका छन् ।