अत्तरिया - कैलालीको अत्तरियामा आजवाट सुरु भएको तेस्रो संस्करण सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगितामा बनदेवी युवा क्लब र मनकामना युवा क्लबले विययी सुरुवात गरेका छन् । आज भएको पहिलो उद्धघाटन खेलमा महिला तर्फ मनकामना युवा क्लब जुगेडाले र पुरुष तर्फ बनदेवी युवा क्लब तेघरीले विजयी सुरुवात गरेका हुन् ।
आजको पहिलो मनकामना युवा क्लब जुगेडा र सुर्मादेवी युवा क्लब फूलबारीका बिच महिला टिमको खेल भएको थियो । जसमा मनकामना युवा क्लब जुगेडा १–० गोलले बिजयी भएको हो । खेलको ४ औँ मिनेटमा मनकामना युवा क्लबका जर्सी नं १४ का खेलाडी ललिता कुमारी भाटले निर्णायक गोल गरेर टिमलाई जिताएकी हुन् ।
एक मात्रै निर्णायक गोल गरेकी भाटले प्लेयर अफ म्याच घोषित हुदै नगद रु ३ हजार र मेडल प्राप्त गरेकी छन् । त्यस लगत्तै भएको अर्को खेलमा पुरुष तर्फको मनकामना युवा क्लबलाई पराजित गर्दै वनदेवी युवा क्लब तेघरी विजयी भएको छ ।
वनदेवी युवा क्लब ६–० गोलका साथ विजयी भएको हो । वनदेवी युवा क्लबका तर्फवाट कुबेर सिंहले २ गोल , योगेन्द्र खड्का २ गोल , आशिष श्रेष्ठ १ गोल र क्षितिज भण्डारीले १ गोल गरेका थिए । बनदेवीका खेलाडी कुवेर बहादुर सिंहले प्लियर अफ दि म्याच घोषित हुदै नगद रु ४ हजार संगै मेडल प्राप्त गरेका थिए ।
प्रतियोगिता अन्र्तगत भोली पुरुष तर्फको एउटा खेल हुनेछन् । भोलिको खेल माउन्ट एभरेस्ट युवा क्लब अत्तरिया र फार्वेष्ट पशुपति युवा क्लब धनगढीबिच दिउँसो २ बजे खेल हुने आयोजक पिएफए स्पोट्स क्लबले जनाएको छ ।
पि एफ ए स्पोट्स क्लबको आयोजनामा आजवाट सुरु भएको तेस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप महिला तथा पुरुष फुटबल प्रतियोगिता पुस १० गते सम्म चल्नेछ ।
गोदावरी नगरपालिका वडा नं ८ मा रहेको शिवशक्ति खेल मैदान स्याउलेमा भैरहेको प्रतियोगिताको पुरुष तर्फ बिजेता हुने टिमलाई ५ लाख र उप बिजेताले २ लाख ५० हजार नगद सहित ट्रफि र मेडल प्राप्त गर्नेछन भने महिला तर्फका बिजेता टिमले १ लाख ५० हजार र उप बिजेता हुने टिमले ७५ हजार रुपैया नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने छन् ।
यस्तै दुवै तर्फ बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद र ट्रफि प्रदान गरिने छ ।