अत्तरिया - सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई बिषेश महत्व दिइरहेको बताएका छन् ।
कैलालीको गोदावरी नगरपालिका ८ स्याउलेमा आजवाट सुरु भएको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको उद्धघाटन गर्दै उनले सुदूरपश्चिममा खेलकुल क्षेत्रको विकासका लागि प्रदेश सरकारका तर्फवाट थुप्रै कामहरु भएको बताएका हुन् ।
उनले प्रदेशभरि खेलकुद क्षेत्रलाई अगाडी बढाउनका लागि प्रदेश खेलकुद परिषद गठन गरेको र त्यसै मार्फत खेलकुदका गतिबिधिहरु अगाढी बढिरहेको बताए ।
उनले ब्यक्तिको पहिचान देखी समाज र राष्ट्रको पहिचान यही खेलकुदका माध्यामवाट हुने भएकाले स्थानिय स्तरमा रहेका खेलाडीहरुलाई प्रोत्साहान गर्ने देखी लिएर खेलकुदका गतिबिधिहरु संचालन गर्नका लागि भौतिक संरचना निर्माणको कामलाई पनि निरन्तर अगाडी बढाइरहेको बताए ।
उनले प्रदेश सरकार गठन भए लगत्तै आफूहरुले पहिलो बजेटमा धनगढीमा रहेको फाप्ला मैदानलाई बहुउपयोगी खेल मैदान बनाउने भनेर बजेट छुट्याएको भएपनि देशको कानुनी जटिलताले काम हुन नसकेको बताए ।
उनले आफूहरुले त्यस मैदानका लागि आवश्यक सबै प्रकृयाहरु पुरा गरेर पठाउदाँ पनि केन्द्र सरकारले त्यो जग्गा प्रदेश सरकारलाई हस्तान्तरण नगर्दा बर्षो बजेट छुट्याएपनि अहिले सम्म काम भने गर्न नपाएको बताए ।
उनले एक निर्वाचन क्षेत्रमा एक खेल मैदान अनिवार्य बनाउनसपर्छ भनेर अझै प्रत्येक बर्ष बजेट बिनियोजन गर्दै आएको बताए । उनले प्रदेश सरकारमा आफुहरु आएदेखी पहिलो बर्षमै सातवटै प्रदेशको प्रतिनिधित्व हुने गरि सुदूरपश्चिममा मुख्यमन्त्री कपको सुरुवात गरेको समेत बताए ।
उनले खेलकुदको विकासका लागि सबैको हातमाते अति आवश्यक रहेकाले अहिलेका युवाहरुले गरिरहेको मेहेनेत अति नै सहरानिय रहेको र यसका लागि प्रदेश सरकारका तर्फवाट गर्न सकिने सम्पूर्ण सहयोग आफुहरु गर्न तयार रहेको बताए ।
अहिले खेलकुदको बिकासका लागि प्रदेश खेलुकद परिषद गठन भैसकेको अब स्थानिय स्तरमा पनि खेलकुदका गतिबिधिहरु अगाडी बढाउन र स्थानिय स्तरका खेलाडीहरुको सहयोग गर्नका लागि अब हरेक स्थानिय तहमा खेलकुद विकास समिति पनि गठन गर्नका लागि गठन आदेश समेत दिइसकेको उनको भनाई रहेको छ ।
यसरी हरेक स्थानिय तहहरुमा खेलकुद समिति गठन गरेर स्थानिय स्तरमा खेलकुदका सम्पूर्ण गतिबिधिहरु समिति मार्फत संचालन हुने र स्थानिय खेलाडीहरुले पहिलो प्रथमिकता पाउनेमा मुख्यमन्त्री भट्ट विस्वास ब्यक्त गरे ।