अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाले नगरभित्रका संस्थागत सुत्केरीहरुलाई कोशेली वितरण गरेको छ ।
आमा र बच्चा दुवै स्वास्थ्य अबस्थामा सुधार ल्याउनुका साथै सुत्केरी हुदाँ पोषिलो खानेकुराहरु खानुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि नगरपालिकाल चालु आर्थिक बर्षमा नगरभित्रका सबै संस्थागत सुत्केरीहरुलाई उपमेयरको कोशेली वितरण गरिरहेको हो ।
नगरपालिकाले केही दिन पहिलेवाट सुरु गरेको उपमेयर सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम अन्र्तगत साउन महिना यता संस्थागत रुपमा सुत्केरी भएकाहरुलाई कोशेली स्वरुप एक क्रेट अण्डा र एक डब्बा घ्यू दिदै आएको छ ।
सोही क्रममा आज कैलालीको गोदावरी ३ मा रहेको मालाखेती अस्पताल र वडा नं ११ ओलानीमा रहेको गोदावरी स्वास्थ्य चौकीमा सुत्केरी भएकाहरुलाई कोशेली वितरण गरिएको छ ।
आज एक कार्यक्रममा बिच सहभागी सुत्केरी महिलाहरुलाई मालाखेती अस्पतालमा नगर प्रमुख हरि सिं साउँद , उप प्रमुख रत्ना कडायत , नगर प्रबक्ता शर्मानन्द भट्ट , वडा नं ३ का वडा अध्यक्ष मोहन खत्री , स्वास्थ्य शाखा प्रमुख नबराज अबस्थीले उक्त कोशेली हस्तान्तरण गरेका थिए भने गोदावरी स्वास्थ्य चौकीमा उप प्रमुख कडायत र वडा नं ११ का अध्यक्ष शिव बि.कले हस्तान्तरण गरेका थिए ।
अहिले सम्म प्रत्यक्ष रुपमा १ सय ५० भन्दा बढी महिलाहरुलाई उक्त कोशेली वितरण गरिएको कार्यक्रममा सहभागि हुन नपाएका महिलाहरुलाई स्वास्थ्य संस्थामै बोलाएर कोशेली बितरण गर्ने कार्यक्रम रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
कोशेली हस्तान्तरण गर्दै नगरप्रमुख हरि सिं साउँदले आमाको स्वास्थ्य राम्रो भएमा मात्रै बच्चाको स्वास्थ्य राम्रो हुने भएकाले सुत्केरी अबस्थामा पोषिलो खानेकुरामा जोड दिनुपर्ने बताए । उनले नगरपालिकाले दिएको कोशेली सानो भएपनि यसको सन्देश भने ठूलो रहेको बताए ।
सुत्केरी हुदाँ आमा र बच्चा दुवैको स्वास्थ्य अबस्था एकमदै राम्रो होस र बच्चामा देखिने कुपोषणमा कमी ल्याउन यस्ता पोषिलो खानेकुराहरु खानुपर्छ भन्ने सन्देश दिनका लागि उक्त कार्यक्रम संचालन गरिएको उनले बताए ।
यस्तै उप प्रमुख रत्ना कडायतले चालु आर्थिक बर्षमा साउन महिना यता संस्थागत रुपमा सुत्केरी भएका महिलाहरुलाई कोशेली स्वरुप सानो भएपनि पोषिलो खानेकुरा वितरण अभियान संचालन गरिएको बताए ।
उनले नगरपालिका भित्र चालु आर्थिक बर्षमा ८ सय महिलाहरुलाई यो कोशेली दिने लक्ष्य रहेको बताइन् । उनले यसले गर्दा आमा र बच्चाको स्वास्थ्य अबस्थामा सुधार आउनुका साथै निरन्तर पोषिलो खानेकुराहरु खानुपर्छ भन्ने धारण जाने बताइन् ।
उनले यस्ता कुराहरु आफ्नो गाउँ समाजमा पनि प्रवाह गर्न सहभागी महिलाहरुलाई आग्रह गरिन् । उनले अर्को आर्थिक बर्षदेखी स्वास्थ्य चौकीमा सुत्ेकरी जाचँ गराए बाफत दिदै आएको रकमसंगै अब एक क्रेट अण्डा र घिउ पनि संगै दिने योजना बनाएको बताइन् ।
सुत्केरी अबस्थममा आफ्नै गाउँठाउँमा पुगेर नगरपालिकाले आफुहरुलाई नयाँ सन्देश सहित कोशेली वितरण गरेको भन्दै सुत्केरीहरुले खुसी ब्यक्त गरेका थिए ।