अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा युवा संघ नेपालको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । नेकपा एकिकृत समाजवादी पार्टीको भातृ संगठन रहेको युवा संघको प्रथम नगरस्तरिय भेला अत्तरियामा सम्पन्न भएको हो ।
उक्त भेलाले हर्क बहादुर बि.कको अध्यक्षतामा ७१ सदस्यीय नगर कमिटि गठन गरेको छ । जसको उपाध्यक्षहरुमा मिन बोहरा , सुजना चौधरी र चन्द्र बि.क चयन भएका छन् भने सचिबमा गरिमा श्रेष्ठ , सह सचिबमा गोपाल ताम्राकारा , भोज कृपाली र धिरेन्द्र बोहरा र बाकिँ सदस्यहरु चयन भएका छन् । उनीहरु सबै सर्वसम्मत रुपमा चयन भएका हुन् ।
यस्तै सोही भेलाले तिलकराज जोशीको संयोजकत्वमा १५ सदस्यीय पिपुल भोलेन्टिएर कमिटि पनि गठन गरिएको छ । युवा संघ नेपालका केन्द्रिय सदस्य धन बहादुर खड्को अध्यक्षता सम्पन्न भेलामा नेकपा एकिकृत समाजवादी केन्द्रिय सदस्य एबम् सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारी प्रमुख अतिथी रहेका थिए ।
यस्तै बिशिष्ट अतिथीमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी रहेकी थिइन् । युवा संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै प्रमुख अतिथी नेकपा एकिकृत समाजवादी केन्द्रिय सदस्य सोडारीले सबैलाई आ आफ्नो जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरि पार्टीलाई मजबुत बनाउनमा लाग्न आग्रह गरेका छन् ।
बिशिष्ट अतिथी राज्यमन्त्री चौधरीले युवाहरु देशको कर्णधार भएकाले अब देशको नेतृत्व पनि युवाहरुले गर्ने गरि अगाडी बढ्न सबैलाई शुभकामना दिइन् । उनले अब नगर कमिटिले वडा वडामा गएर बौद्धिक , लगनशिल युवाहरुलाई वडा कमिटिमा ल्याएर कमिटिहरु बिस्तार गर्न आग्रह गरिन् ।
प्रथम भेला कार्यक्रममा नेकपा एसका प्रदेश कमिटि सदस्यहरु भिम बहादुर बोगटी र खम्ब बुढा , केन्द्रिय परिषद सदस्य एबम् गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत , जिल्ला कमिटि सदस्य शिव बि.क , गोदावरी नगर अध्यक्ष टेक बहादुर बि.क , युव संघका केन्द्रिय कमिटि सचिब दिपक सिह लगाएतको उपस्थिती रहेको थियो ।
आजै युवा संघ नेपाल गोदावरीको प्रथम बैठक समेत बसेको छ ।