काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरेको छ ।
बुधबार क्यानले देव खनालको कप्तानीमा १५ सदस्सीय टिम घोषणा गरेको हो ।नेपाली क्रिकेट टोलीमा देव खनाल, शेर मल्ल, दिपेश कँडेल, विवेक यादव,गुलशन झा,विवेक राना मगर,सन्तोष कार्की, आदील अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैशी, अर्जुन साउँद , राहुल भण्डारी रहका छन् । यस्तै, मुख्य प्रशिक्षक बसन्त शाही छन् भने टिम व्यवस्थापकमा धर्मराज गिरी रहेका छन् ।
उक्त प्रतियोगितामा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ ।एसिया कप युनाईडेट अरब इमिरेट्स (युएई)मा डिसेम्बर २० देखि जनवरी २ सम्म हुनेछ ।