अत्तरिया - कैलालीको अत्तरियामा पहिलो पटक फुल तथा बेलुनको डेकुरेस ट्रेनिङ सप्ताहाको आयोजना गरिएको छ ।
स्वदेशमै रोजगारको अबसर प्रदान गर्ने उद्देश्यका साथ यही पुस ८ गतेदखी १४ गते सम्म फुल तथा बेलुनको डेकुरेस ट्रेनिङ सप्ताहाको आयोजना गरिएको हो । आयोजक विप्लभ इभेन्ट प्लानिङ एण्ड मेनेजमेन्टले अत्तरियामा पत्रकार सम्मेलको आयोजना गरि यस बारे जानकारी गराएको हो ।
अत्तरियाकै स्थानिय रोशनी चौधरी , गौरी मल्ल र सुनिता रोकायाको नेतृत्वमा उक्त ट्रेनिङ सप्ताहाको आयोजना गरिएको आयोजकले बताएको छ । उक्त ट्रेनिङ गेट , स्टेज , कोठा , ग्लारी , हल र कार सजाउने प्रशिक्षण दिइने कार्यक्रमका सहयोगी बिनोद मल्लले जानकारी दिए ।
२०० जनालाई सहभागी गराइने लक्ष्य रहेको उक्त ट्रेनिङ सप्ताहामा सहभागिता जनाउनका लागि प्रति ब्यक्ती ५० रुपैया मात्रै प्रवेश शुल्क राखिएको छ भने कच्चा समाग्रीहरु सहभागी आफैले ल्याउनुपर्ने उनले बताए । तालिममा सहभागिहरुलाई प्रशिक्षण दिनका लागि भारतका एक जना दक्ष प्रशिक्षक आउने समेत उनले बताए ।
सो ट्रेनिङमा अत्तरिया , धनगढी , महेन्द्रनगर , टिकापुर , लम्की , सुखड लगाएतका ठाउँवाट सहभागी हुने बताइएको छ । ट्रेनिङमा महिला पुरुष दुवैले सहभागिता जनाउन सक्ने भएपनि महिलाहरु र त्यसमा पनि एकल महिलालाई अझै बिषेश प्रथमिकता दिइने मल्लले बताए । ट्रेनिङमा आफु भित्रको प्रतिभालाई उजार गर्न चहाने र इच्छा शक्ति भएकाहरुलाई मात्रै समेटिने समेत उनले बताए ।
अत्तरियामा यस्तो प्रकारको ट्रेनिङमा पहिलो पटक आयोजना भैरहेको हो । यस ट्रेनिङमा उष्कृष्ट हुने केहीलाई रोजगारीको अबसर प्रदान गरिनुका साथै आफैले ब्यवसायी गर्न चाहेमा आयोजकका तर्फवाट सहयोग समेत गरिने उनले बताए ।
"यो अत्तरियामा पहिलो पटक हामीले फरक खालको तालिम दिइरहेका छौ , हामी आफै पनि घरमा धेरै सामाग्रीहरु बनाउछौ तर अब ब्यवस्थित रुपमा यसलाई सिकेर आफ्नै ब्यापार ब्यासाय पनि सुरु गर्न सकिन्छ उनले भने - "हामीले यस तालिममा सहभागिहरुले बनाएका सामाग्रीहरु बजारमा पनि पठाउछौ र सहभागीहरुले आफै बजारको अबस्था पनि बुज्नेछन् र भोली गएर यसवाटै घरमा बसेर पनि राम्रो आम्दानी गर्न सक्नेछन् ।"
अहिले हरेक कार्यक्रम तथा सभा सम्मेलनहरुमा डेकुरेनका कामहरु गर्नुपरेमा भारतवाटै सामाग्रीहरु ल्याउनुपर्ने र कामदार पनि भारतीय नै हुने गरेकाले अब यसको अन्त्य गरि आफ्नै गाउँ ठाउँका महिला दिदिबहिनीहरुले यी कामहरु स्वदेशमै गर्न सकुन भन्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको मल्लले बताए ।
उनले तालिमवाट सिकेका कुराहरुको सही सदुपयोग गरेमा परनिर्भरता हट्ने र अनआवश्यक रुपमा भैरहेको खर्च पनि कम हुने विश्वास लिएको बताए । उक्त तालिम महेन्द्रनगर रोडमा रहेको पुरानो वाणिज्य बैंक रहेको भवनमा संचालन हुने उनले बताए ।