अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ८ स्याउलेमा सुदुरपश्चिम गौरा पर्व मेला सुरु भएको छ । शुक्रबार देखी सुरु भएको मेलाको एक औपचारीक कार्यक्रमका बिच गोदावरी नगरपालीकाका नगरप्रमुख हरि सिँ साउँदले उद्घाटन गरेका हुन् ।
सुदुरपश्चिमको कला , सस्कृत र भाषालाई संरक्षण एबम् सम्र्बद्धन गर्न गौरा पर्वको अवसरमा सुदुरपश्चिम गौरा पर्व समितिले गो.न.पा ८ स्याउलेमा रहेको महादेव मन्दिर परिसरमा मेलाको आयोजना गरेको हो । मेला आयोजना समितिका संयोजक टेक बहादुर देउवाको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा गोदावरी नगरपालीकाका नगरप्रमुख हरि सिँ साउँद प्रमुख अतिथी रहेका थिए भने विशिष्ठ अतिथि गोदावरी नगरपालीका वडा नं. ८ का वडाध्यक्ष नरेश बहादुर अधिकारी रहेका थिए ।
कार्यक्रममा बोल्दै कला, साहित्य, भाषा र संस्कृति सुदुरपश्चिमबासीका गौरव एवम् गहना भएकाले यिनिहरुको संरक्षण र संर्वद्वन गर्न सबैले लाग्नुपर्ने बताए । सुदुरपश्चिम प्रदेशमा रहेका आफ्नै भेषभुषा , आफ्नै भाषा , आफ्नै कला र सँस्कृतिले देशभरमा पहिचान दिलाएको उनले बताए । पछिल्लो समय युवायुवतीहरुको पिँढिले आफ्नो संस्कृतिलाई छोडी पश्चिमा संस्कृतिमा रमाइरहेको देखेर चिन्तित भएको बताउदै नगरप्रमुख साउदले अहिलेका नयाँ पिँढिहरुलाई आफ्नो संस्कृतिको बारेमा बुझाउन र जानकारी दिन यस्ता खालका कार्यक्रमहरुले महत्वपुर्ण भुमिका निर्वाहा गर्नेमा बिश्वास ब्यक्त गरे ।
सुदुरपश्चिम प्रदेशका मौलिक संस्कृति झल्काउने खालका देउडा गितहरुलाई जोगाई राख्नु हामी सबैको दायित्व रहेको उनले बताए । कार्यक्रममा विभिन्न विद्यालय विद्यार्थीहरुले देउडा प्रस्तुत गरेका थिए भने थारु समुदायबाट पनि विभिन्न थारु नृत्यहरु प्रस्तुत गरिएको थियो । ५ दिन सम्म चल्ने उक्त मेलामा देउडा खेल्न बझाङबाट बिर्ख सायर, डडेल्धुराबाट जयराज अवस्थी, भरत लुहार, चक्र देउवा लगायत कैलाली बाट डम्बर साउँद, पे्रमराज पाठक, पदमराज उपाध्याय, यज्ञराज उपाध्याय, करन ठकुल्ला, दिर्घ फुलारा, गणेश बिष्ट र सुरेश चोखाल सहितका कलाकारहरुको टोली आएको छ ।
उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष कृष्णराज जोशी, वडा नं. ९ का वडाध्यक्ष लहानु चौधरी, वडा नं. ६ का कार्यबाहक अध्यक्ष जयराज फुलारा, गोदावरी नगरपालीका कार्यपालीका सदस्य गणेशी बि.सी, वडा नं. ६ की वडासदस्य पार्वती देवी रावल , इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी ज्ञानबहादुर बिष्ट, पद्मा अस्पताल अत्तरियाका एमडी डा.नरबहादुर मौनी लगायत अतिथी रहेका थिए ।
मेला ११ गते सम्म चल्ने र सबैलाई देउडा खेलमा सहभागी भैदिन मेला आयोजना समितिका संयोजक टेक बहादुर देउवाले आग्रह गरे । मेला आयोजक समितिकी उपाध्यक्ष लक्ष्मी बिनाडीले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन गोदावरी एफएमका समाचार प्रमुख पत्रकार हेमराज भट्टले गरेका थिए ।