अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ४ बसन्तपुरमा सडक कलोपत्रेको ठेक्का लिएर ठेकेदार बेपत्ता भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्र्तगत मुख्य सडक देखी उत्तर तर्फ धर्मी खड्काको घर सम्मको एक किलोमिटर सडक कालोपत्रेको ठेक्का लिएर ठेकदार बेपत्ता भएका हुन् ।
सडक कालोपत्रे गर्नका लागि दुई बर्ष पहिले नै ठेक्का सम्झौता भए पनि अहिले सम्म काम हुन सकेको छैन ।सडक कालोपत्रेका लागि गोदावरी नगरपालिकाको २०७७÷०७८ को बजेट अन्र्तगत २०७६ साल माघ १० गते ठेक्का सम्झौता भएको थियो ।
सडक कालोपत्रेका लागि मूल्य अभिबृद्धि कर सहित ४७ लाख ९५ हजारमा कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं १८ मा रहेको आकाश पवन कन्ट्रक्सनसंग सम्झौता गरिएको गोदावरी नगरपालिकाले जनाएको छ ।
सम्झौता भएको ४ महिना अर्थात २०७७ जेठ महिनामा सडक कालोपत्रे गरिसक्नु पर्ने समय अबधि भएपनि २ बर्ष पुग्नै लाग्दा पनि सडक अधुरै रहेको छ । सडक कालोपत्रे गर्ने ठेक्का लिएर ठेकेदार बेपत्ता भएपछि अहिले स्थानियहरु आक्रोशित बनेका छन् ।
बर्षातको समयमा निकै हिलाम्मे हुने उक्त सडक कालोपत्रे हुन थालेपछि खुसी भएका स्थानियहरुले ठेकेदार कम्पनीले चरम लापरबाही गर्दा नै सडक अहिले सम्म अलपत्र परेको बताएका छन् । लामो समय देखी सडक अलपत्र हुदाँ निकै समस्या खेप्नुपरिहेको स्थानिय पुष्पराज भट्टले बताए ।
उनले यस बिषयमा आफुहरुले पनि पटक पटक ठेकेदार कम्पनी र नगरपालिकालाई जानकारी गराएर सडक कालोपत्रेको काम अगाडी बढाउन आग्रह गर्दै आएको बताए ।
तर ठेकेदार कम्पनीले यसमा गम्भिर लापरबाही गर्दा स्थानियहरु अहिले जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको उनले बताए । यस्तै गुहेश्वरी मा.वि बसन्तपुरका प्रधानाध्यापक समेत रहेको अर्का स्थानिय मान बहादुर खड्काले सडकको काम अधुरै छोडेर ठेकेदार बेपत्ता भएपछि अहिले दुर्घटनाको ठूलो जोखिम रहेको बताए ।
"सडक कालोपत्रे हुन थाल्यो भनेर हामी सबै खुसी थियौ तर ठेकेदारले अहिले सडकमा ठूला ठूला गिट्टीहरु फिजार त्यसै छोडिदिएको छ उनले भने - "एकतिर नाली बनाइएको छैन , अर्कातिर पहिलाको सडकलाई उल्टै बिगारिएको छ जसका कारण यो बाटोमा आवातजावत गर्न निकै सास्ती खेपिरहेका छौ ।'
उनले दुई बर्ष देखी सडक अलपत्र भएका कारण अप्रिय घटना समेत घट्न सक्ने भएकाले यस तर्फ नगरपालिका र ठेकेदार कम्पनीले गम्भिरता पुर्वक लिएर काम अगाडी बढाउनुपर्ने बताए ।
उता गोदावरी नगरपालिकाले २ बर्ष पहिले सडक कालोपत्रेको ठेक्का लिएको ठेकेदार कम्पनीलाई सम्पर्क गर्दा काम गर्छु भन्ने आश्वासन दिएर बेपत्ता हुने गरेको बताएको छ ।
गोदावरी नगरपालिकाका इन्ञिनीयर पूर्ण कुवंरले ठेकेदार कम्पनीका प्रमुख आशिष खत्रीलाई आफूहरुले एक पटक नभई २\२ पटक चिठ्ठी काटेर सम्पर्क आउन र काम गर्न तोकता गर्दा पनि यसमा गम्भिर लापरबाही गरेको बताएका छन् ।
उनले ठेक्का लिएर काम नभएपछि २०७७ साल पुस १६ गतेका दिन काम किन हुन सकेन भनेर कारण सहित खुलाएर पठाउन भन्दै ७ दिन अबधि दिएर चिठ्ठी काटेको बताए ।
त्यसपछि बिचमा सडकको केही काम भएको र ठेकेदार कम्पनीले फागुनको महिना आधा काम गरेको बलि भुक्तानी माग्न आएपछि आफूहरुले भुक्तानी नदिएको इन्ञिनीयर कुवंरले बताए ।
बैंकको जमानत अबधि सकिएका कारण भुक्तानी नदिएको उनले बताए । भुक्तानी नपाएपटि ठेकेदार कम्पनी अझै बेपत्ता भयो र २०७७ चैत २९ गते फेरि नगरपालिकाले अर्को चिठ्ठी पठाएको भएपनि ठेकेदार कम्पनी सम्पर्कमै नआएको उनको भनाई छ ।
उनले पटक पटक आफुहरुले चिठ्ठी पठाउदाँ र तोकता गर्दा पनि काम हुन नसकेपछि सबै टिप्पोणीहरु तयार पारेर कालो सुचिमा राख्नका लागि प्रकृया अगाडी बढाइसकेको बताएछन् ।
यस बिषयमा बुझ्नका लागि हामीले ठेकेदार कम्पनी आकाश पवन कन्ट्रक्सनका प्रमुख आशिष खत्रीलाई सम्पर्क गर्न खोजेपनि उनको फोन उठेन ।