अत्तरिया - सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लाका मुख्य केन्द्रबिन्द कैलालीको अत्तरिया बजारमा अस्तब्यस्त रहेको ठेला ब्यबसायीहरुलाई ब्यबस्थित गरिने भएको छ । गोदावरी नगरपालिकाले बजार क्षेत्रका सम्पूर्ण खोकाछाप्रा तथा ठेला ब्यबसायीहरुलाई अत्तरिया बस पार्कमा ब्यवस्थापन गर्न लागेको हो ।
अत्तरिया बजारका खोकाछाप्रा तथा ठेला ब्यबसायीहरुलाई ब्यबस्थापन गर्ने भन्दै नगरपालिकाले पटक पटक अभियान चाल्ने गरेको भएपनि सफल हुन सकेको छैन् । यद्धपी पहिलेको तुलनामा अहिले पहाड रोडमा रहेका ठेला ब्यबसायी केही ब्यवस्थित भएपनि महेन्द्रनगर रोड र पूर्व रोडमा भने अझै ब्यवास्थापन हुन सकेको छैन ।
यस पटक भने सबैलाई पाइक पर्ने गरी अत्तरिया बसपार्कको छेउ छेउमा ब्यबस्थित तरिकाले ब्यबस्थापन गरिने गोदावरी नगरपालिकाले जनाएको छ ।
हिजो अत्तरिया बस पार्कमा वडा नं १ का अध्यक्ष एबम् नगरपालिकाका प्रबक्ता शर्मानन्द भट्ट , वडा नं २ का अध्यक्ष कृष्णराज जोशी र नगर प्रहरी सहितको टोली ठेला ब्यवासायीहरु बस पार्कमा कसरी ब्यबस्थापन गर्न सकिन्छ भनेर खटिएका थिए । ठेला ब्यबसायीको बस पार्कमा ब्यबस्थापन हुने भनेको सुन्ने बित्तिकै हुलका हुल पगेका ब्यवसायीहरुले आ आफ्नो ठाउँहरु रोज्दै कब्जा गर्न सुरु गरिसकेका छन् ।
बसपार्कको उत्तरपट्टी किनारै किनारको भागमा धेरै ब्यवसायीहरुले आ आफ्नो ठाउँ भन्दै कब्जा गरिसकेका छन् । यसरी कब्जा गरेर भन्दा पनि अत्तरिया बजारमा रहेका वास्तविक ठेला ब्यबसायीहरु सबैलाई बसपार्कमा भित्र्याएर त्यसपछि सबैलाई ब्यवस्थापन हुने गरि ब्यबस्थित गरिने नगरप्रबक्ता भट्टले जानकारी दिए ।
उनले सबैलाई न्याय हुने र ब्यबस्थापन गर्ने हिसाबले ब्यबस्थित गर्न लागेकाले यस कार्यमा सबैलाई सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।
उता ठेला ब्यबसायीहरुले ब्यबस्थापनका नाममा कसैलाई कखा र कसैलाई पाखा नगर्न आग्रह गरेका छन् । उनीहरुले आफ्नो दैनिकी चलाउनका लागि सटरहरुको भाडा तिर्न नसकेर बर्षौ देखी सडकमा ब्यापार गर्दै आइरहेकाहरुको वास्तविक ठेला ब्यवासायीहरु पहिचान गरेर मात्रै ब्यवस्थापन गर्न आग्रह गरेका हुन् ।