अत्तरिया - सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीले विकास निर्माणका काममा राजनिति गर्न नहुने बताएकी छन् । अत्तरिया जेसिज र जुनियर जेसिस बर्ष २०२१ को संयुक्त आयोजनामा आजवाट एक हप्ता सम्म आयोजना हुने जेसिज सप्ताहा कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले विकासका काममा राजनिति भन्दा पनि सबैले हातेमालो गरेर त्यो कामलाई दिर्घकालिन रुपमा टिक्ने गरि एक जुट भएर लाग्नुपर्ने बताइन् । उनले डोटीको जैनोली गाउँमा जन्मिएकी नेपालकै पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानीलाई सम्झदै भनिन् - ' उहाँको नाम आज सम्म पनि ईतिहास बनेको छ , त्यो उनले गरेको काम र योगदानको हो ।'
महिलाको हक अधिकार र महिला शसक्तिकरणका लागि निरन्तर आवाज उठाउने द्वारिकादेवीले एक पार्टीको मात्रै काम गरेको भएर सायद उनको पहिचान जान सक्ने उनको भनाई रहेको छ । उनले कसैले पनि जनताको पक्षमा काम गर्दा पार्टीगत रुपमा नभई स्थान र ठाउँको पहिचानका लागि पनि सबैले एकजुट हुनुपर्ने बताइन् ।
उनले सुदूरपश्चिम प्रदेशको राजधानी एक स्थापित ठाउँ भएकाले यो ठाउँ धेरै महत्वपूर्ण रहेको बताइन् । उनले यस क्षेत्रवाट पनि धेरै स्थापित भएकाले आगामी दिनहरुमा पनि प्रदेशको राजधानीलाई एक नमुना ठाउँ बनाउन लागि सबैले आ आफ्नो स्थानवाट लाग्नुपर्ने बताइन् ।
'मलाई यो ठाउँको धेरै माया लाग्छा , यो ठाउँको विकास गर्दा मैले कहिले पार्टीगत हेर्दिन उनले भनिन् - 'यो ठाउँको विकास भए हामी सबैलाई गर्व हुन्छ नभएर सबैलाई दुख लाग्छ । '
उनले अत्तरिया जेसिजले जेसिज सप्ताहा कार्यक्रममा धेरै राम्रा एजेण्डाहरु ल्याएको भन्दै प्रशंसा गरिन् । उनले आफ्नो गाउँ ठाउँको विकास निर्माणाको कामका लागि र यहाँका युवाहरुका लागि प्रदेश सरकार सहित आफ्नो ब्यक्तिगत रुपमा पूर्ण साथ र समर्थन रहने बताएकी छन् ।
आजवाट सुरु भएको जेसिज सप्ताहा कार्याक्रम एक हप्ता सम्म चल्ने जेसिज सप्ताहा कार्यक्रमका मुल समारोह समितिका संयोजक मान ऐरले जानकारी दिए ।