अत्तरिया - कैलालीको अत्तरियामा आजवाट जेसिज सप्ताहा कार्यक्रम सुरु भएको छ । जेसिसको बार्षिक क्यालेण्डरको कार्यक्रम अनुसार अत्तरिया जेसिज र जुनियर जेसिस बर्ष २०२१ को संयुक्त आयोजनामा आजवाट एक हप्ता सम्म आयोजना हुने जेसिज सप्ताहा कार्यक्रम सुरु भएको हो ।
अत्तरिया जेसिज बर्ष २०२१ का अध्यक्ष पदमराज ओझाको सभापत्विमा आज वटा सुरु भएको उद्धघाटन कायक्रम तथा अनुभव आदाप्रदान कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी प्रमुख अतिथी रहेकी थिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी राज्यमन्त्री चौधरीले जेसिजलाई आफूले धेरै नजिकवाट बुझेकाले युवाहरुको क्षमता बृद्धि विकास देखी उनीहरुलाई सही मार्गदर्शन तर्फ डोञ्याउन जेसिजले महत्वपूर्ण भूमिका खेलिरहेको बताइन् ।
उनले आजका स साना युवाहरु नै भोली देशको कर्णधार हुने भएकाले यही समय देखी कुन दिशा तर्फ जाने भन्ने कुराहरु तय गर्नका लागि सबै युवायुवतीहरुलाई एकताबद्ध भएर जेसिसमा लाग्न आग्रह गरिन् । उनले विकास निर्माण र समाज परिर्वतनका कामहरुमा यो पार्टी त्यो पार्टी भनेर राजनितिक रुपमा नभएर सबैले एक जुट भई हातेमालो गरेर लाग्नुपर्ने बताइन् ।
आज पहिलो दिन उद्धघाटन कार्यक्रम भएको र भोलीवाट एक हप्ता सम्म अन्य बिबिध कार्यक्रमहरु हुने अत्तरिया जेसिजका कार्यकारिणी उपाध्यक्ष एबम् जेसिज सप्ताहा मुल समारोह समितिका संयोजक मान ऐरले जानकारी दिए ।
भोली मंगलबार बक्तृत्वकला , बुधवार मैत्रिपूर्ण फुटबल प्रतियोगिता , बिहिवार सरसफाई कार्याक्रम , शुक्रवार बृक्षारोपक कार्यक्रम र शनिवार स्वास्थ्य शिविर र आईतबार समापन समारोह कार्यक्रम रहेको संयोजक ऐरले बताउनुभयो ।
उद्धघाटन कार्यक्रमको संयोजक भरत साउँदलाई तोकिएको थियो भने बक्तृत्वकलाको देवराज ओझा , मैत्रिपूर्ण फुटबल प्रतियोगिताको अनिल सिंह , सरसफाई कार्याक्रमको धर्मराज भट्ट , बृक्षारोपण कार्यक्रमको मदन जोशी र स्वास्थ्य शिविर कार्यक्रमको गणेश बिष्ट र समापन कार्यक्रमको पदमा खत्रीलाई संयोजक तोकिएको छ ।
आजको उद्धघाटन कार्यक्रममा जेसिजका पूर्व अध्यक्ष कमल कडायत , गणेश शाह , प्रमोद अधिकारी लगाएत जेसिज र जुनियर जेसिजका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन अत्तरिया जेसिजकी महासचिब प्रेरणा पाण्डेले गरेकी थिइन् ।