बाजुरा– बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाका ५ जना वडा अध्यक्षले सामुहीक राजीनामा पेश गरेका छन् । बहुमतको दम्भ देखाएर नगरपालीकाको सबै काम विधि विपरित मेयर पदम बडुवालले समितीका सदस्यहरुलाई कुनै जानकारी नदिई मानेमानी ढङ्गगले काम गर्दै आएकोले आफूहरु राजिनामा दिन बाध्य भएको वडा न. ७ का वडा अध्यक्ष धर्मराज पाध्याले बताए ।
उनले कुनै पनि विकासीय समितीको सदस्यलाई जनकारी नदिई आफू आफूनुकलका निर्णय गर्दै आएकोले आफूहरु त्यस समितीमा बसी रहन कुनै औचित्य नरहेकाले आफू सहित पाँच जनाले सामुहिक राजिनामा दिएको बताए ।
स्थानीय तहको विधी विपरित नगर प्रमुखले एकलौटी निर्णय गर्ने र पदीय जिम्मेवारी नै बेवास्ता गर्ने गरेकोले राजीनामा दिएको ९ का वडा अध्यक्ष विनोद कुमार विकले बताएका छन् । विकले भने पटक,पटक सचत गराए पनि मेयर बडुवालले कुनै वास्था नगरेको हँुदा आफूहरु राजिनामा दिन बाध्य भएको बताए ।
समिति गठन देखि अरु निर्णय एकलौटी रुपमा गर्ने गरी फरक संगठनको र आस्थाको भनेरै बहुमतको शैली देखाएको भन्दै श्रोत अनुमान तथा सिमा निर्धारण समिति सदस्य–धर्मराज पाध्या, नगर शिक्षा समिति सदस्य डम्मर बहादुर महत, रोजगार निर्देशक समिति सदस्य विरबहादुर रावल, राजस्व परामर्श समिति सदस्य विनोद कुमार विक, नगर स्तरीय उर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्र नाथले सामुहीक राजीनामा पेश गरेका छन ।
यता नगरप्रमुख पदम बडुवाले भने आफूले सबै विकासीय समितीमा समेटेर लिएको बताए । बडुवाले भने विकासीय समिती देखि अन्य समतिमा समेत आफूहरुलाई समेटेर लिनु पर्छ भने विषयमा हिजो नगर कार्यसमितीको बैठकमा पेश गरेको बताए ।
अरु बाहीर जती नाटकीय रुपमा अफवाद फैलाएको छ त्यो कुरा झुटा भएको बताए । वडा अध्यक्षको राजिनामा आफूकहाँ नआएको मेयर बडुवाले बताए ।