अत्तरिया - नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत हिजो भएको मतदानको मतगणना जारी रहेको छ ।
गएरातिवाट सुरु भएको मतगणनामा संस्थापन पक्षका वीरबहादुर बलायरको प्यानलको अग्रता रहेको छ ।
अहिले सम्म ५ सय मतगणना भएको छ । जसमा सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर १९३ पुगेको छ । बलायरको ३४२ मत र इतर पक्षका मिश्रको १४९ मत रहेको छ ।
उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह(महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको अग्रता छ ।
जम्मा खसेको १ हजार ३ मतमा अहिले सम्म ५०५ मत गणना भएका छने । जसमा उपसभापति जनकराज चौधरीले ३२० , लोकराज अवस्थीले २७७ , गोपालसिंह गुरुङले १३४ मानबहादुर रावलले १२७ र हिमबहादुर रावलले ५६ मत प्राप्त गरेका छन् ।
महामन्त्रीमा नरनारायण शाह मनुले ३२१ , मेघराज खड्काले ३२९ , प्रताप गुर्धामीले १०९ , रामबहादुर शाहीले १६२ मत प्राप्त गरेका छन् । सहमहामन्त्रीमा गोपालदत्त भट्टले २८४ , चिन्तामणि भट्टले २७४ , नरेन्द्रप्रसाद भट्टले १११ , पदमराज पन्तले १२८ , लक्ष्मणबहादुर शाहीले ८२ , हर्कबहादुर स्वारले ४० मत प्राप्त गरेका छन् ।
सहमहामन्त्रीमा महिला तर्फ अम्बिकाकुमारी चलाउने ३४४ र खिना भण्डारीले १ सय १८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । राति ११ बजेदेखी मत गणना सुरु भएको थियो ।