अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यतर सिनियर अहेब बिर बहादुर कुवंरको बिषेश पहलमा अपाङ्गता भएका बालबालिकाहरुले ठूलो सहयोग पाएका छन् ।
कुवंरको पहलमा कोरियाली नागरिक स्वल्मी किमले गोदावरी नगरपालिका वडा नं २ मा रहेको सुप सामावेशी आधारभूत बिधालयमा अध्यनरत बालबालिकाहरुका लागि भनेर २२ हजार बराबरको सामाग्रीहरु सहयोग गरिएको हो ।
कुवंरले नेपालमा रहदाँ आफुसंगै काम गरेकी कोरियामा बस्दै आएकी किमलाई यहाँको बारेमा जानकारी गराएपछि शुक्रवार अन्ताराष्ट्रिय अपाङ्ग दिवसको अबसर पारेर सुप सामावेशी आधारभूत बिधालयमा अध्यनरत बालबालिकाहरुलाई आवश्यक पर्ने कापी , कलम , कोलगेट , ब्रस , साबुन , सोडा लगाएतका सामाग्रीहरु गरी २२ हजार बराबरको सामाग्रीहरु कुंबर आफैले बिधालयका प्रध्यनाध्यापक देवी साउँदलाई हस्तान्तरण गरेका हुन् ।
यति मात्रै होईन कोरियाली नागरिक स्वल्मी किमले सो बिधालयमा अध्यरनत अपाङ्गता , गरिब , दुर्गम , दलित र जेहेन्दार ३ जना बिधार्थीहरुले मासिक रुपमा ५ हजारका दरले १५ हजार रुपैया समेत प्रदान गर्ने भएकी छन् ।
जसमा बाजुराका रोहित थापा , कैलालीकी पुष्पा बिष्ट र मुगुका सिरिष बुढाले पुस महिना देखी पढाई लेखाईको खर्च बाफत महिनाको ५÷५ हजार रुपैया पाउने भएका छन् । शारिरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरुको पढ्ने लेख्ने इच्छालाई सबैले आ आफ्नो ठाउँवाट सहयोग गरेर उनीको सपना साकार गर्नुपर्छ भन्ने उद्देश्यका साथ आफूले काम गर्दा चिनजान भएकी किमलाई आग्रह गरेपछि उनले पनि खुसी हुदै गरेको कुवंरले बताए ।
यसरी बाह्य देशका नागरिकले पनि आफ्नो गाउँ ठाउँका बालबालिकाहरुलाई सहयोग गरेको भन्दै उनले किमलाई धन्यवाद दिएका छन् ।
गोदावरी नगरपालकाका नगरप्रमुख हरि सिं साउँद र उपप्रमुख रत्ना कडायत लगाएत अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका संघसंस्थाहरुको उपस्थितीमा सहयोग सामाग्रीहरु हस्तान्तरण गर्दै उनले भने - "कसैले सहयोग गरौ, कसैले सहयोगका लागी समन्वय गरौ, अपाङ्गता भएकाहरू संग पनि तमाम क्षमता छ, त्यसको प्रस्फुटन गर्न सहजिकरण गरौ, सन्तुलित विकासका लागी सबै वर्ग, समुह र समाजको उत्थान जरूरी हुन्छ, गोदावरी नगरपालिका यसका लागी सचेत र सकारात्मक छ, तपाइ हाम्रो सहयोग र सहभागिताले यो सबै सहज हुन्छ ।"