अत्तरिया - पहिलो पटक बन्न लागेको नेपाली कांग्रेसको प्रदेश समितिका लागि हिजो देखि निर्वाचन कार्यक्रम सुरु भएको छ । प्रदेश २ बाहेकका ६ प्रदेशमा हिजो उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । ।
आज बिहान ९ बजे देखी ३ बजे सम्म मतदातन हुने कार्यक्रम तालिका रहेको छ । प्रदेश अधिवेशनमा कांग्रेसको संस्थापन र इतर पक्ष प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन । यता सुदूरपश्चिम प्रदेशमा पनि संस्थापन र संस्थापन इतर पक्ष प्यानल सहित चुनाबी मैदानमा रहेको छ ।
संस्थापन समूहले प्रदेश सभापतिमा केन्द्रीय सदस्य एबम् पूर्व मन्त्री वीरबहादुर बलायरलाई उम्मेदवार बनाएको छ भने संस्थापन इतर समूहले प्रदेश सभापतिमा कैलालीका नारायण मिश्रलाई उम्मेदवार बनाएको छ ।
संस्थापन समूहबाट उपसभापतिमा जनक चौधरी कैलाली र लोकराज अवस्थी बैतडी उम्मेदवार बनेका छन् भने दुई महामन्त्री पदमा कैलाली जिल्ला सभापति नरनारायण मनु साह र मेघराज खड्का र सहमहामन्त्रीमा अम्बिका चलाउने र गोपाल दत्त भट्टलाई उम्मेदवार बनाएको छ ।
संस्थापन इतर समूहवाट उपसभापतिमा गोपाल गुरुङ र मानबहादुर रावललाई अगाडि सारेको छ । त्यस्तै महामन्त्रीमा प्रताप गुर्दामी र रामबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । पदमराज पन्त र नरेन्द्र भट्टलाई संस्थापन इतर समूहले सह महामन्त्रीको उम्मेदवार बनाएको छ ।
प्रदेश सदस्यमा तिन जना निर्विरोध चयन
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्यमा तिन जना निर्विरोध चयन भएका छन् । कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलक राज जोशी र निर्मला बोगटी बिष्ट निर्विरोध चयन भएका हुन् ।
शुक्रबार उम्मेदबारहरुको मनोनयन दार्तामा भुगोलमा सदस्यमा बढी उम्मेदबारी नपरेकाले उनीहरु निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि १ हजार १६ मतदाता रहेका छन् ।