अत्तरिया - कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालले अपाङ्गताको क्षेत्रलाई पहिलो प्रथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । ३० औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस अबसरमा आज कृष्णपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख हमालले यस्तो बताएका हुन् ।
उनले कृष्णपुर नगरपालिकामा आफुहरु जनप्रतिनिधि भएर आएदेखी अपाङ्गता भएका ब्यक्तिहरुको क्षेत्रमा थुप्रै कामहरु गरेको बताए । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक आफूहरुले अपाङ्गता भएका ब्यक्तिहरुको पहिचान गर्दै उनीहरुको घर घरमै गएर परिचय पत्र वितरण गरेको उनको भनाई रहेको थियो ।
उनले शारिरिक अस्वास्थ्यताका कारणले आफू भित्रका प्रतिभा , हक अधिकार र रोजगारीको अबसरवाट बञ्चित हुनुपरेको र अपाङ्गता भएका ब्यक्तिहरुका पिडाहरुलाई आफूले नजिकवाट बुझेको बताए । उनले गत आर्थिक बर्ष २०७७÷०७८ मा अपाङ्गता भएका ब्यक्तिहरुका लागि भनेर १० लाख रुपैया बजेट छुट्याएर काम गरिएको बताए ।
उनले ७ लाख बजेटवाट अपाङ्गता भएका ब्यक्तिहरुलाई अति आवश्यक रहेका सहायक सामाग्रीहरु बितरण गरिएको र ३ लाखवाट नगरभित्रका दृष्टि बिहिनहरुलाई सेतो छडीको प्रयोग बारे तालिम प्रदान गरिएको बताए ।
उनले बाहिरी संसारमा एक्लो महशुस गरिरहेका दृष्टि बिहिनहरुलाई घर भन्दा बाहिर आवत जावत गर्न सकुन , कार्यक्रमहरुमा सहभागीता जनाउन सकुन भनेर आफूले सेतो छडीको प्रयोग बारे तालिमसंगै सेतो छडी समेत वितरण गरिएको बताए ।
उनले छुटेकाहरुलाई यस बर्ष सम्बोधन गर्दै बिभिन्न किसिमका तालिम र आयआर्जन मुलक कार्यक्रमहरुमा सहभागी गराइने बताएका छन् । सोही कार्यक्रममा बोल्दै उप प्रमुख रमिता रानाले अहिले पनि अपाङ्गता भएका ब्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा परिर्वतन हुन जरुरी रहेको बताइन् ।
उनले अबसर दिए अपाङ्गता भएका ब्यक्तिहरु पनि सपाङ्ग जस्तै हरेक कामहरु गर्न सक्ने भएकाले सबैलाई अबसर प्रदान गर्नुपर्ने बताइन् ।
यस्तै उनले अहिले पनि पनि बिभिन्न खाले हिंसाहरु हुदै आएकाले यि सबै हिंसाहरु रोकिनुपर्ने बताइन् । यी हिंसाहरु रोक्नका निमित्त पहिला आफुहरु नै लाग्नुपर्ने बताइन् । उनले समाजमा हुने बिभिन्न हिंसात्मक गतिबिधिहरु रोक्नका लागि आफुवाट रोक्नुपर्ने बताइन् ।
नगरपालिकाले गत बर्षको बजेटमा छुटेका नगरका ७ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अबसर पारेर आजै ट्राई साईकल समेत वितरण गरेको थियो । अपाङ्गता परिचय पत्र वितरण समन्व्य समितिकी संयोजक एबम् उप प्रमुख रानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कृष्णपुर नगरप्रमुख हमाल प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा अपाङ्गताको क्षेत्रमा आबद्ध बिभिन्न संघ संस्थाका पदाधिकारीहरु , सम्पूर्ण वडाका अपाङ्गता भएका ब्यक्तिहरु र नगरपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन महिला शाखा प्रमुख माला गौतमले गरेकी थिईन ।