अत्तरिया - प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस गोदावरी नगर कमिटिले गोदावरी नगरपालिका भित्र गत आर्थिक बर्ष २०७५,०७६ मा सम्पन्न विकास योजनाहरुको अनुगमन सुरु गरेको छ । नगरपालिकाका १२ ओटै वडामा भए गरेका विकास निर्माणका कामहरुमा खबरदारी गर्ने गरि काग्रेश नगरकमिटिले मंगलवारदेखी अनुगमन सुरु गरेको हो ।
अनुगमनका क्रममा विहिवार गोदावरी नगरपालिकाको वडा नं ९ मा सम्पन्न योजनाहरुको अनुगमन गरिएको नेपाली काग्रेश गोदावरी नगर कमिटिका सभापति हेम प्रकाश उप्रेतीले जानकारी दिए । यस अघि वडा नं ६ , ७ र ८ मा अनुगमन सम्पन्न गरिएको उनले बताए ।उनले अब अनुगमनको कार्यलाई निरन्तरता दिदै जाने बताए । अनुगमनलाई अनुगमन गर्नका लागि मात्रै नभएर अनुगमनका क्रममा पाइएका सम्पुर्ण कमी कमजोरीहरु सबै जनतामाझ पुञ्याउने र त्यसका बारेमा नगरपालिकसंग जबाफ मागिने सभापति उप्रेतीले बताए ।
विकास निर्माणका काममा प्रदेश सरकारले छुट्याएको बजेट सबै आफ्ना कार्यकर्ता पाल्न मात्रै रहेको उनले आरोप लगाए ।उनले प्रदेश सरकारवाट गोदावरी नगरपालिकामा सम्पन्न भएका कुनै पनि योजनाहरु दिर्घकालिन नभएको बताए । ‘यो सरासर गलत देखिएको छ ’ उनले भने - ‘निर्वाचित भएर आइसकेपछि हामी पार्टीका हुदैनौ सधै जनताको पक्षमा काम गर्छु भन्ने तर अहिले आफ्ना जिनजानका ब्यक्ति विशेष , पार्टि बिशेष बजेट छुट्याउने , बजेट हाल्न लगाउने ।’स्थानिय सरकारमा जनप्रतिनिधि आएपछि निकै खुसी भएका जनतामा कुनै परिर्वतन आएको जस्तो आफुहरुले नपाएको उनले बताए ।
गोदावरी नगरपालिकामा गत बर्ष सम्पन्न भएका योजनाहरु बढि स्टमेट अनुसार वडा वडावाट बनेको तर पछि त्यसका लागि बजेट अपुग हुदाँ खाली झारो टार्ने मात्रै कामहरु गरिएको उनले बताए ।उनले सडक कालो पत्रे गर्ने काम त झनै बालुवामा पानी हाले जस्तो गरेको बताए । आ आफ्नो घर छेउछाउ , आफन्तको घर छेउछाउ , ब्यक्ति बिषेश गरेर सडक कालोपत्रे गरेको पाइएको उनको भनाई छ ।उनले आफ्नो गाउँ ठाउँमा भए गरेका बिकास निर्माणका काममा सबैले निगरानी राख्नुपर्ने भएकाले गलत भएको ठाउँमा त्यसको खुलेर बिरोध गर्न स्थानिय नगरबासीलाई आग्रह गरे ।
‘हामीले धेरै पहिला यो अनुगमन गर्ने भनेका थियौ बिचमा केहि समस्याहरु आएर गर्न सकेनौ ’ सभापति उप्रेतीले भने – ‘अब सबै वडाहरुको निरन्तर रुपमा अनुगमन हुन्छ र अन्तमा यसको सबै रिर्पोट तयार पारेर सार्वजनिक गर्नेछौ ।’अनुगमन बेला नगरपालिका भित्र सम्पन्न भौतिक र सामाजिक तर्फका योजनाहरु कुनै पनि पारदर्शी रुपमा सम्पन्न भएको आफुहरुले नपाएको सहभागिहरुले बताएका छन् । अनुगमनमा काग्रेश गोदावरी नगरकमिटिका सम्पुर्ण पदाधिकारी सहित वडा कमिटिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।