धनगढी - सुदूरपश्चिम प्रदेशमै पहिलो पटक सुदूरश्चिमाञ्चल एकेडेमी (एसपिए) ले नयाँ विषय अन्तर्गत त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा ब्याचलर अफ होटल म्यानेजमेन्ट (विएचएम) र ब्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (विआइएम) शुरुवात गरेको छ । कार्यक्रमको प्रदेशका उद्योग पर्यटन वन तथा बातावरण मन्त्रि माया भट्टले उदघाटन गरिन्।रोजगारमूलक प्राविधिक विषयमा पठनपाठन शुरु भएकोमा खुशी लागेको बताउदै उनले धनगढीलाई शैक्षिक हव बनाउन सरकारले आवश्यक नीति बनाउने प्रतिबद्धता जनाइन् । देशमा विद्यमान गरिबी अन्त्य गर्न अरु शैक्षिक सँस्थाले पनी लागी प्राविधिक बिषयको पढाई गर्न जरुरी रहेको उनले बताईन् ।
मानब संशाधन बिकासका लागी होटल म्यानेजमेण्ट र सुचना ब्यवस्थापन २ ओटै बिषय महत्वपुर्ण भएको सुदुरपश्चिमाञचल क्याम्पसका अध्यक्ष योगेन्द्र बहादुर शाहीले बताए । मानब संशाधन सँग जोडिएका बिषय भएकाले समाजको समृर्दी र बिकाससगै दक्ष नागरिक उत्पादन गर्न सहयोग मिल्ने उनको भनाई छ । शैक्षिक क्षेत्रबाट पनी समाज तथा देशको बिकास गर्न सकिने भएकाले सरकार र शिक्षण सँस्थाहरुले सँगसगै सहकार्य गर्नेुपर्ने उनले बताए ।
एकेडेमीका प्रवन्ध निर्देशक सुवास शाहीका अनुसार कलेजले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले यी दुई विषयहरू सञ्चालनमा ल्याएको हो । स्नातक तहमा प्राविधिक तथा व्यवसायिक शिक्षा लिन चाहने विद्यार्थीहरूका लागि विएचएम उपयुक्त विषय हो । विएचएम विषय अध्ययन गर्न प्लस टु मा जुनसुकै विषय लिएर जिपिए १.८ वा कम्तीमा दोस्रो श्रेणी आवश्यक पर्दछ ।
यस विषयको मुख्य उद्देश्य दक्ष तथा प्राविधिक जनशक्ति उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा रोजगार प्राप्त गर्न सफल गराउनु हो । यो कोर्ष ६ महिनाको सेमेस्टर अनुसार ८ सेमेस्टरमा बाडेर पढाइन्छ । यो कोर्ष पूरा गर्नका लागि ४ लाख ९३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । एक सेमेस्टरमा ३३ जना विद्यार्थीहरुले पढ्न पाउने विएचएम कार्यक्रम संयोजक डिल्लीराज भण्डारीले बताए ।
यसैगरी व्यवस्थापन र कम्प्युटर शिक्षा मिलाएर पठन पाठन हुने व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्टमा ४० प्रतिशत व्यवस्थापन र ६० प्रतिशत कम्प्युटर सफटवेयर पढाई हुन्छ ।
यो विषय पनि जुनसुकै संकायबाट प्लस टु मा जिपिए १.८ वा कम्तीमा दोस्रो श्रेणी आवश्यक पर्छ । यो कोर्ष ६ महिनाको सेमेस्टर अनुसार ८ सेमेस्टर हुन्छ । यसको लागि ४ लाख ४९ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस विषयमा एक सेमेस्टरमा ३३ जना विद्यार्थीले अध्ययन गर्न पाउनेछन ।
एकेडेमी व्यवस्थापनका अनुसार यी दुवै विषयका लागि दक्ष तथा अनुभवी प्राध्यापकहरुको व्यवस्था गरिएको छ । यी विषयहरुको इन्टन गर्नका लागि विद्यार्थीहरुको रुचि क्षमता अनुसार जापान, चीन तथा अन्य राष्ट्रहरुका साथै नेपाल भित्रका विभिन्न फाइभ स्टार होटल तथा अन्य कम्पनीहरुमा पढाउने व्यवस्था गरिएको छ । दुवै विषयको प्रवेश परीक्षा (सि म्याट) यही भदौ २१ गते हुनेछ भने फाराम भदौ ११ गतेभित्र भरीसक्नु पर्नेछ । प्रवेश परीक्षा त्रिभुवन विश्वविद्यालयले नै लिनेछ ।