धनगढी -नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेशको अधिबेशन धनगढीमा शुरु भएको छ । धनगढीको ॐ प्यालेसमा अधिबेशन शुरु भएको हो । अधिबेशनका लागी ९ वटै जिल्लाका प्रतिनिधी नेता कार्यकर्ता धनगढी पुगेका छन । अधिबेशनले नयाँ नेत्रित्व चयन गर्ने भएको छ ।
नेपाली काँग्रेसका नेता नर नारायण शाह मनु, अर्जुन जंग बहादुर सिंह, पुष्पकुमार शाही, गोविन्द शाह, हिमाल बहादुर रावल प्रदेश सभापतिका रुपमा आकांक्षी देखिएका छन् ।
सहमती जुटाउन कांग्रेसका केन्द्रिय नेताहरु दिलेन्द्र प्रशाद बडु, रमेश लेखक र एनपी साउँद पनि धनगढी मै रहेका छन । बिहानै देखी नेताहरु सहमतीको लागी सकृय रहेका छन ।
देउबा पक्षमा नै धेरै आकांक्षीहरु भएपछि पूर्वमन्त्री बीर बहादुर बलायरलाई सर्वसम्मत रुपमा नेपाली काँग्रेसको सुदूर पश्चिम प्रदेश सभापति बनाउने प्रयास थालिएको छ । उनको नाममा धेरै नेताहरुले सहमती जनाएको बुझिएको छ ।
यस्तो छ,अधिबेशनको आजको कार्यतालिका
बिहान ८ः३०बजेः सहभागीको दर्ता (अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी, कन्चनपुर, दार्चुल्ला डोटी जिल्ला मात्र )
दिउँसो १२ः०० बजेः सहभागीको दर्ता (कैलाली जिल्ला मात्र )
दिउँसो १ः३० बजेः उदघाटन कार्यक्रम प्रारम्भ
दिउँसो २ः०० बजेः प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापती शेर बहादुर देउवाद्धारा उद्घाटन