अत्तरिया - कैलालीको श्रीपुरमा रहेका शारदा माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानीको योजनाको उद्घघाटन गरिएको छ । आज एक औपचारिक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश सासंद चुन कुमारी चौधरीले खानेपानीको योजनाको उद्घाटन गरेकी हुन् ।
गोदावरी नगरपालिका ८ मा रहेको सो विद्यालयमा निर्माण भएको खानेपानीको उद्घाटन गर्दै प्रदेश सासंद चौधरीले विद्यालयमा खानेपानीको निर्माण गरिएपछि विद्यार्थीहरुले भोगीरहेको खानेपानीको समस्या हट्ने बताईन । उनले खानेपानीको समस्याका बारेमा आफूले जानकारी पाएपछि प्रदेश मार्फत बजेट छुट्याएर खानेपानीको निर्माण गरेको बताईन ।
‘यस क्षेत्रकै पुरानो बिद्यालय भएपनि विद्यालयमा अहिले सम्म खानेपानी नहुँदा समस्या थियो ।’ प्रदेश सासंद चौधरीले भनिन् – ‘म आफै पनि यसै क्षेत्रको बासिन्दा भएकाले विद्यालयमा खानेपानीको सबैभन्दा बढी समस्या रहेको देखेर प्रदेश सरकार मार्फत बजेट छुट्याएर खानेपानी निर्माण गर्न आफूले पहल गरेकी हु ।’
उद्घाटन कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले विद्यालयमा निर्माण गरिएको खानेपानीेको दिगो संरक्षणमा ध्यान दिनु पर्ने बताईन । उनले यस क्षेत्रकै पुरानो विद्यालय भएपनि अहिले सम्म बिभिन्न समस्या रहेको देखिएकाले समस्या सामाधानका लागि आफूले नगरपालिकाबाट सक्दो पहल गर्ने बताईन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय सिहं ऐरीले प्रदेश सरकारको योजना अन्तरगत ११ लाख ३ हजारको लागतमा खानेपानीको योजना सम्पन्न गरेको बताए । उनले व्यवस्थापन समिति मार्फत योजना कार्यान्वयन गरिएको बताए ।
खानेपानी योजना अन्तरगत डिप बोरिङ मार्फत पानी निकालेर ५ हजार लिटर क्षमताका २ ओटा स्टिलको ट्याङ्कि र २ सय ५० लिटर क्षमताको २ ओटा ट्याङ्कि राखिएको अध्यक्ष ऐरीले बताए ।
विद्यालयका प्रधानध्यापक भोज राज जोशीलेखानेपानी नहुदा विद्यालयले झेल्दै आएको समस्या हटेको बताए । उनले खानेपानी नहुँदा हाते पम्पको पानी पिउनु पर्ने बाद्यता रहेकाले अव भने यो समस्या सामाधान भएको बताए ।
२०१४ सालमा स्थापना भएको यस विद्यालयमा २ सय ६४ जना विद्यार्थी अद्ययनरत रहेका छन ।