धनगढी - नेकपा (एमाले)को १० औँ महाधिबेशन सकिएको छ । महाधिबेशनबाट केन्द्रिय सचिबमा लेखराज भट्ट निर्बाचित भएका छन भने अध्यक्षमा भिम रावल पराजित भएका छन । एमाले सुदुरपश्चिमको राजनिती अब भट्टको कमान्डमा चल्ने भएको छ ।
तर उनले अब पार्टीलाई कसरी अगाडी बढाउँछ्न त्यो भने चासोको बिषय बनेको छ । यस अघि भट्ट एमालेका सुदुरपश्चिम इन्चार्ज पनि रह्न्दै आएका थिए । पूर्व माओबादी नेता रहेका भट्ट महाधिबेशनबाट अनुमोदित भएपछि अब उनको पूर्व माओबादीओ लिगेसी पनि सकिएको छ । उनी सँगै माओबादीबाट एमालेमा गएका नेता कार्यकर्ताहरुले पनि अब पूर्व लिगेसी नरहने सबै एमाले हुने तर्क गर्दै आएका छन।
भट्टका चुनौती
एमाले सचिब भएपछि पार्टीले उनलाई कुन जिम्मेवारी दिन्छ त्यो अझै तय भएको छैन । यदपी उनलाई सुदुरपश्चिमको इन्चार्जको जिम्मेवारी दिने सम्भाबना बढी नै देखिएको छ । त्यसो हुँदा उनी सुदुरपश्चिममा पार्टीको पहिलो नेता बन्ने छन ।
उनलाई अझैपनी एमाले भित्र सबै नेता कार्यकर्ताले स्विकार गरेको देखिँदैन । उनले आँफैले पनि एमालेमा स्थापित हुन केही समय संघर्ष गर्नुपर्ने देखिन्छ भने अर्को तिर एमाले कार्यकर्ताको मनोभाबना बुझेर जानुपर्ने देखिन्छ ।
यस्तै उनले पूर्व माओबादीबाट आएको जुन सानो समुह छ त्यसको पनि मनोभाबना बुझुपर्ने हुन्छ । अहिले निर्बाचित केन्द्रिय सदस्य प्राय धेरै ओली समुह कै पुरानो टिमका भएकाले काम गर्न उनलाई केही सहज हुने पनि देखिन्छ ।
तर पनि त्यही समुह भित्र पनि बिभिन्न गुट उपगुट भएकाले सबैको चित्त बुझाएर उनले हिँडनुपर्ने देखिन्छ ।यस्तै बिगतमा भिम रावल सँग रहेका नेताहरु पनि केही केन्द्रिय सदस्यमा निर्बाचित भएका छन । उनीहरुलाई पनि सँगै समेटेर लैजाने पर्ने भट्टको चुनौती हुन सक्छ । यस्तै इन्चार्ज भएपछि आगामी तिन तहकै निर्बाचनमा एमाले जिताउने दबाब पनि उनी माथी पर्नेछ ।
केन्द्रीय कमिटीमा सुदूरपश्चिमबाट २९ जना
केन्द्रीय कमिटीमा सुदूरपश्चिमबाट २९ जना परेका छन्। एकजना पदाधिकारी, २५ जना केन्द्रीय सदस्य र तीन जना विभिन्न आयोगमा चयन भएका हुन्।
यस्तै केन्द्रीय सदस्यमा भीम रावलसहित २५ जना विजयी भएका छन्। रावल अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा भने विजयी भएका हुन्। एमालेमा केन्द्रीय पदाधिकारीका उम्मेदवार केन्द्रीय सदस्यको पनि उम्मेदवार हुने व्यवस्था छ। सोही अनुसार रावल ९०४ मत पाएर विजयी भएका हुन्। तर उनले केन्द्रीय सदस्यको सपथ ग्रहण भने गरेनन्।
यस्तै कर्णबहादुर थापा, नारदमुनि राना, गणेशसिंह ठगुन्ना, लालबहादुर थापा, राजेन्द्रसिंह रावल, निरुदेवी पाल, भैरवबहादुर सिंह, झपट रावल, गौरी वली, प्रकाशबहादुर शाह र दयालबहादुर शाही पनि केन्द्रीय सदस्यमा चयन भएका छन्।
यस्तै पुरनसिंह दयाल, झपट बोहरा, लीला भण्डारी, पठानसिंह बोहरा, लीलाधर भट्ट, इन्दु कडरिया, नरबहादुर धामी, कृपाराम राना, गौरीशंकर चौधरी, अफिलाल ओखेडा, कमला वली, कमला बोहरा र सन्तोष शर्मा पनि केन्द्रीय सदस्यमा परेका छन्। यस्तै अनुशासन आयोगमा हर्कबहादुर कुँवर र लक्ष्मी शाह तथा लेखा आयोगमा बसुन्धरा रोकाया पनि चयन भएका छन्।