अत्तरिया - सुदूरपश्चिम प्रदेशमा ३ हजार हजार बढी एच आई भी संक्रमीतहरु उपचाररथ रहेका छन् । प्रदेशका नौ वटै जिल्लाहरुमा अहिले ३ हजार ५ सय ४४ जना एच आई भी संक्रमीत बिरामीहरूले औषधी सेवन गरिरहेका हुन् ।
विश्व एड्स दिवसको पूर्व सन्ध्यामा जिल्ला स्वास्थ्य कार्यालय कैलालीले धनगढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस बिषयमा जानकारी गराइएको हो । औषधी सेवन गरिरहेको एचआइभी एड्स सङ्क्रमित बिरामीको नियमित उपचार भइरहेको छ ।
संक्रमीत सङ्ख्याको आधारमा सुदूरपश्चिम प्रदेका ९ ओटै जिल्ला मध्ये कैलालीमा सबैभन्दा बढी १ हजार ६ सय ९ जना, अछाममा ६ सय ८५ जना, डोटीमा ४ सय ८९ जना, कञ्चनपुरमा ३ सय ६२ जना, बैतडीमा १ सय ८ जना, बाजुरामा ५९ जना, दार्चुलामा ४०, डडेल्धुरामा १ सय १० र कञ्चनपुरमा ३ सय ६२ जनाले औषधी सेवन गरिरहेको स्वास्थ्य निर्देशनालयका एचआइभी एड्स फोकल पर्सन मनोज ओझाले जानकारी दिए ।
यसको औषधि जीवनभर खानुपर्ने हुँदा चेक गर्दै जाँदा यसको सङ्ख्या बढ्दै जाने बताउदै ओझाले उपचारको प्रक्रिया भन्दा बाहिर गए वा कोही कसैको ज्यान गएमा मात्रै सो सङ्ख्या घट्ने बताए ।
अहिले कैलालीको गोदावरी नगरपालिका ३ मा रहेको मालाखेती अस्पताल, सेती प्रादेशिक अस्पताल र टिकापुर लगायतका स्थानबाट एच आई भी संक्रमीतहरुले सेवन गर्ने एआरटी औषधी वितरण गरिदै आएको छ ।