चितवन -एमाले को चितवनमा जारी महाधिवेशनबाट सुदुरपश्चिम का लेखराज भट्ट केन्द्रिय सचिब मा निर्बाचित भएका छन् । पुर्ब माओवादी पृष्ठभुमि भएका नेता भट्ट १७०४ मत ल्याएर निर्बाचित भएका हुन् । एमाले र माओवादी मिलेर नेकपा हुँदा बनेको सरकार को बेला उनले प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए । त्यस यता पनि उनले निरन्तर ओलीलाई साथ दिंदै आएका थिए ।
अदालतले एमाले र माओवादी लाई अलग अलग पार्टी को मान्यता दिएपछि पनि उनले एमाले पार्टी नै रोजेका थिए । एमालेले उनलाई सुदुरपश्चिम को इन्चार्ज समेत बनाएको थियो । भट्ट सहित माओवादी का नेतालाई माओवादी ले सांसद समेत बाट हटाएको थियो ।
तर पनि उनले माओवादी पार्टीलाई नरोजेर एमाले मै बसेका थिए । उनलाई जिम्मेवारी दिएपछि सुदुरपश्चिम का अर्का एमाले नेता निबर्तमान उपाध्यक्ष भिम रावल यहाँ कमजोर बनेका थिए । माओवादी मा रहँदा पनि भट्ट सुदुरपश्चिम मा मुल नेतृत्व मै रहेका थिए । अब सचीव निर्बाचित भएपछि नेकपा एमाले मा पनि उनी एमाले को मुल नेतृत्व हुने भएका छन् ।
को हुन लेखराज भट्ट ?
उनको जन्म सन् १९६० मार्च २४ मा भएको थियो। उनका बुबाको नाम स्व.दशरथ भट्ट र आमाको नाम स्व.दुर्गादेवी भट्ट हो। उनी सन् १९७३ मा राजनीतिमा प्रवेश गरेका हुन र सन् १९७६ मा मोहन बिक्रम सिंहको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) को सदस्यता लिए।
उनी पछि नेकपा (मसाल) र नेकपा (एकता केन्द्र) मा सामेल भइ अन्ततः सन् १९९५ मा नेकपा- माओवादीको एक पूर्ण-समय सदस्य बने । सन् २००१ मा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्य बनेका थिए। उनी माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वका क्रममा ६ महिना जेल परेका थिए।
तत्कालीन माओवादीले जनयुद्ध सुरु गर्दा नेता भट्टले प्रचण्डलाई पेस्तोल उपहार दिएको इतिहास माओवादीभित्र चर्चाको विषय बन्छ । संविधान निर्माण हुँदाताका प्रदेशको सीमांकनका विषयमा नेता भट्टको अडान प्रचण्डभन्दा फरक रह्यो ।
नेता भट्ट अखण्ड सुदूरपश्चिमको पक्षमा खुलेरै बोले भने प्रचण्ड पार्टीको नीति अनुसार कैलाली–कञ्चनपुरलाई थारुवान प्रदेश समावेश गर्नुपर्छ भन्नेमा देखिए । यसमा वैचारिक विवाद देखिएपनि प्रचण्ड–भट्ट सँगसँगै थिए । तर नेकपा हुंदा बनेको ओली नेतृत्व को सरकारमा बसे देखि उनी निरन्तर ओली को पक्षमा उभिएका हुन ।