अत्तरिया - सुदूरपश्चिम प्रदेशका ३२ पालिकामा नेकपा माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न भएको छ । ८८ पालिका मध्ये ३२ पालिकामा नेकपा माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रले जनाएको छ ।
अन्य ५६ पालिकामा भने मङ्सिर १५ गतेसम्म टुङ्गिने भएको छ । अछाम जिल्लाको एक नगरपालिका र दुई गाउँपालिकामा सम्मेलन सम्पन्न भएको छ ।
त्यस्तै डोटीको दुई नगरपालिका,चार गाउँपालिका, बैतडीको दुई गाउँपालिका, दार्चुलाको तीन गाउँपालिका, बझाङको एक गाउँपालिकामा सम्मेलन सम्पन्न भएको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम कमिटी अध्यक्ष शरदसिंह भण्डारीको भनाइ छ ।
डडेलधुरा एक गाउँपालिका, कञ्चनपुरको तिन गाउँपालिका, र कैलालीको १३ मध्ये १२ पलिकामा सम्मेलन सम्पन्न भएको छ । ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र मुस्लिम भएको ठाउँमा ५ प्रतिशत र्पुयाउनु पर्ने हुँदा पनि सम्मेलन सम्पन्न हुन केही ढिला हुन गएको उनको भण्डारीको भनाइ छ ।
अध्यक्ष भण्डारीका अनुसार उपमहानगरपालिकामा ७५,नगरपालिका क्षेत्रमा ६५,र गाउँपालिकामा ५५ सदस्यीय कमिटी निर्माण गरिएको छ ।