अत्तरिया - आफ्नै गाउँ ठाउँमा रोजगारीका अबसर नपाएपछि बिदेशिन बाध्य सुदुरपश्चिमका नागरिकहरुले स्थापना गरेको सुदूरपश्चिमेलि नेपाली समाज भारतले भारतका विभिन्न राज्यमा सुदुरपश्चिमको माहान चार्ड गौरा पर्व र तिज कार्यक्रम मनाइरहेको छ । प्रवासमा बसेर पनि आफ्नो मौलिक कला , सस्कृति र परम्परालाई संरक्षण एबम् सम्र्बधन गर्न सुदूरपश्चिमेलि नेपाली समाजले भारतका विभिन्न राज्यमा पर्व मनाइरहेको हो ।
यसैक्रममा सुदुरपश्चिमेलि नेपाली समाज भारत दिल्ली राज्य अन्तर्गत आजादपुर एरिया समितीको आयोजनामा गौरा तथा तिज कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । हिन्दुमहिलाहरुको महान चार्ड हरितालिका तिज तथा सुदुरपश्चिमको छुट्टै संस्कृति झल्काउने गौरा पर्वको अबसरमा हरेक बर्ष झै यस बर्ष पनि दिल्लीमा भब्य रुपमा सास्कृतिक कार्यक्रम सम्प्पन भएको हो ।
सुदूरपश्चिमेलि नेपाली समाज आजादपुर एरिया समितीका अध्यक्ष शम्भु भट्टको सभापतित्वमा यहि भाद्र १ गते अर्थात २०१९ अगस्ट १८ तारिखका दिन सम्पन्न कार्यक्रममा प्रमुख अथिती सुदूरपश्चिमेलि नेपाली समाज भारतका केन्द्रीय कोषाध्यक्ष महादेव भट्ट रहनु भएको थियो । कार्यक्रममा सुदुरपश्चिमेलि नेपाली समाज भारतका केन्द्रिय पदाधिकारी सहित दिल्ली राज्य अध्यक्ष हर्क रावत र पूरा राज्य समिति , महरौली जिल्ला समिती, पालम एरिया समित, रानि बाग एरिया समिती , सन्जय गान्धी एरिया समिती , विभिन्न सघ सस्था, राजनीतिक, सामाजिक, बुद्धिजीवी लगाएतको सहभागिता रहेको थियो ।
कार्यमक्रमा पण्डित देवराज भट्टद्वारा गौरा माताको पुजाअर्चना र महिलाहरु द्वारा गौरा गित प्रस्तुत गर्दै सम्पूर्ण लाई टिका ग्रहण गराईएको थियो । कार्यक्रम मा सुदुरपश्चिमका चर्चित डोटेलि गायकसौगात ओझा र गायिका सङिता बमले तिज गित गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।
दर्शकहरुको उत्साहाजनक सहभागिता रहेको कार्यक्रममा आर्थिक र भौतिक रुपमा सहयोग गर्नुहुने सम्पुर्ण सामाजिक ब्याक्तीत्वहरु लाई आजादपुर एरिया समितीले दोसल्ला ओढाएर सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुदूरपश्चिमेलि नेपाली समाज भारतका केन्द्रीय कोषाध्यक्ष महादेव भट्ट कार्यक्रम एकदमै सभ्य र भब्य रुपमा सम्पन्न भएको भन्दै आयोजकलाई धन्यवाद दिए । उनले भौतिक शरिर जाहा भएपनि आफ्नो कला , सस्कृति र चाडपर्वलाई भुल्न नहुने बताए ।
उनले आफ्नो गाँउ ठाँउमा रोजगारीको अबसर नपाउदा गास बास र कपासको खाजीमा भारतका बिभिन्न ठाउमा रहेको सुदुरपश्चिमेलीबासीहरु सबै एक जुट हुनुपर्ने बताए ।
सुदुरपश्चिमेलीबासीलाई प्रवासमा आइपर्ने समस्याहरुको समाधानका लागि आफुहरु सदैव लागि रहने उनले बताए । "सुपबासि दाज्यभाई तथा दिदिबहिनी ज्युहरु हामी जतासुकै भय पनि समाजको हितभन्दा बाहिर कुनै हालतमा जाने छैनौं । न समाजलाई जानदिने छौ यो प्रतिबद्धता पनि जाहेर गर्दछु । समाजसेवा मान्छेको भाबनासंग जोडिएको हुन्छ" उनले भने – "जब सम्म भाबनामा हाम्रो एकता हुदैन तब सम्म हामि समाजका हरेक काम कारबाहि गर्न सक्दैनौं । यो हाम्रो एक परिबार हो । सुप समाज । परिवारमा कहिले काही मनमुटाब हुन सक्छ मनमेटाब भयो भन्दैमा हरेष खाने र बिचलन हुने कुनै कारण छैन । बहसले झन समाज बलियो र मजबुत भयर आगाडि बढ्ने गर्दछ । तर बहस कसैलाई बिगार्ने नभै रचनात्मक हुन आबस्यक छ ।"
कार्यक्रममा उत्तर भारत संयोजक भवानी भट्टले सु प समाजको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको अन्तिममा कार्यक्रमका सभापति सम्भु भट्टले सम्पुर्ण अतिथी तथा दर्शक लाई धन्यवाद दिए । कार्यक्रममा कलाकारहरुको जिम्मा दिल्ली राज्य कोषाध्यक्ष मनोज भट्टले लिनुभएको थियो । कार्यक्रमको संचालन सुरेन्द्र बोहरा र दिल्ली राज्य सचिव गणेश दत्त भट्टले गर्नुभएको थियो ।