अत्तरिया -नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रिय सभापतीमा बसन्त रोकाया 'ललित' निर्बाचित भएका छन् । उनी सँग अनुभबी निबर्तमान क्षेत्रिय सभापती दिनेशराज जोशी पराजित भएको छन् । यो हार सँगै क्षेत्र नम्बर ४ मा जोशी समुह कमजोर भएको छ । रोकाया जित अपेक्षित नै थियो । उनको समुह वडा देखी नै बलियो थियो । अझ गोदावरी नगरपालिकामा त झनै बलियो थियो । रोकायाको सकृय राजनितिको ईतिहाँस भने लामो छैन । यदपी उनको तरुण दल र नेबिसंघको केही जिम्मेवारी भने स्थानिय स्तरमा सम्हालेको अनुभब छ ।


उनले बिगत लामो समय अत्तरियामा फेन्सी ब्यबसाय गरे । त्यस पछि ब्यबसायीहरुलाई गोलबद्ध गर्दै अत्तरिया उधोग बाणिज्य सँगलाई सकृय बनाए । करिब ६ बर्ष उनले उधोग बाणिज्य संघको नेत्रित्व गरे । जुन उनका लागी राजनितिक रुपमा प्रयोग गर्ने राम्रो ठाउँ भयो । संघमा उनले काँग्रेसका ब्यबसायीहरुको बलियो पकड बनाए । त्यही बेला देखी नै उनले राजनितीमा जाने सोच बनाए । गत स्थानिय तहको निर्बाचन देखी नै उनले काँग्रेसका पूर्व सभापती दिर्घराज भाट र गोदावरी नगरपालिकाका मेयरमा पराजित बिरेन्द्र भट्ट सँग नजिक रहेर काम गर्ने अबसर पाए । त्यही संगतले उनलाई काँग्रेसको राजनितीमा अझै अग्रसर बन्ने अबसर मिल्यो ।
काँग्रेसको गत अधिबेशनमा जिल्ला कार्यसमितीमा उनी मनोनित जिल्ला सदस्य भएका थिए । तर यो पटक उनलाई क्षेत्रिय सभापती बन्ने अबसर मिल्यो । आफ्नो वडा गोदावरी १ मा पनि उनले बलियो प्रभाब बनाएका छन् । जस्को कारण जारी अधिबेशनमा उनी इतरको समुह उक्त वडामा 'क्लीन स्विप' बनेको छ ।
रोकायाको राजनितिक स्पिडलाई धेरै कांग्रेस नेताहरुले यस क्षेत्रमा मन पराएका थिएनन् तर पनि उनले क्षेत्रिय सभापतीको उचाईमा पुग्न सफल भएका छन् । धेरैलाई त उनी यही अधिबेशन मार्फत नै सभापती बनीहाल्छन भन्नेमा विश्वास नै थिएन ? तर उनी सभापतीमा निर्बाचित भएका छन् ।धेरै नखुल्ने धेरै सार्बजनिक बहसमा नउत्रने तर गुटगत राजनितीमा रोकाया पनि माहिर नै रहेको उनी निकट नेताहरुले बताएका छन् ।
कांग्रेसमा एकता होला त ?
बिगत लामो समय देखी यस क्षेत्रमा काँग्रेस दुई धारमा रहँदै आएको छ । केही पात्र फेरबल भईरहने भए पनि मुल पात्रको कारण काँग्रेस एक हुन सकेको छैन । यस पटकको अधिबेशनमा पनि दुई धार वडा देखी नै प्यानल सहित चुनाव लडे । एउटा समुहको नेत्रित्व सुनिल कुमार भण्डारी, दिर्घराज भाट , बिरेन्द्र भट्ट , उत्तम कठायत लगाएतले गरे । यदपी उक्त समुहमा युबाहरुको नेतृत्व बसन्त रोकायाले पनि गर्दै आए । उनिसँग युबाहरुको एक समुह बिगत देखी नै रहँदै आएको छ ।
अर्को समुहमा डा लक्ष्मीराज पाठक ,दिनेश जोशी , सुरत कार्की ,खेम साउँद , हेमप्रकाश उप्रेती रहँदै आए । भाट समुहले गोदावरीमा वडा देखी नगर हुँदै क्षेत्र सम्म्म अर्को समुहलाई धेरै वडामा क्लिन स्विप नै गरेको छ । यदपी गौरीगंगा र चुरेमा भने जोशी समुहले नगरमा जितेको छ । क्षेत्रिय सभापती बनेका रोकायाका लागी अबको चुनौती भनेकै कांग्रेस एकता देखिन्छ ।
उनी इतर समुहले उनलाई त्यती मन पराउंदैन् तर अब निर्बाचित भईसकेपछि रोकाया सँग सहकार्य गर्नुपर्ने उनीहरुको बाध्यता नै बन्ने भएको छ । यद्पी रोकायाले अब सबै पक्षलाई समेटेर लैजान सक्ने खुबी पनि राख्ने भएकाले त्यतातिर उनको ध्यान केन्द्रित हुन सक्ने पनि बुझिएको छ ।
आफ्नै समुह भित्रको सन्तुलन
निर्बाचित सभापती रोकायाले आफ्नै समुह भित्र पनि सबैको चित्त बुझाएर हिन्नुपर्ने छ । उनको समुहका मुख्य नेता कांग्रेस कैलालीका पूर्व सभापती दिर्घराज भाट अब उमेरले सकृय राजिनितीमा रह्ने सम्भाबना छैन । त्यस्तै अर्का नेता सुनिलकुमार भण्डारीको पनि खासै हस्तक्षेपकारी भूमिका हुने सम्भाबना कम देखिएको छ । आफ्नो समुहका दुई नेता बिरेन्द्र भट्ट र उत्तम कठायतलाई उनले सन्तुलित बनाउनु पर्ने उनको चुनौती रह्ने देखिन्छ ।
उत्तम कठायत टिम मेकिङमा राम्रो रणनिती भएको नेताका रुपमा यस क्षेत्रमा चिनिने गर्दछन । यस क्षेत्रमा आफुलाई नेतृत्व मै स्थापित गर्न कठायतले ५ नम्बरबाट ४ नम्बर निर्बाचन क्षेत्रमा सदस्यता सारेका हुन । यस्तै अर्का नेता बिरेन्द्र भट्टको चित्त पनि उनले राजनितिक रुपमा बुझाउनु पर्ने हुन्छ । स्वयम रोकाया पनी अब आफुलाई नेता कै रुपमा स्थापित गर्न मै बढी केन्द्रित हुने सम्भाबना पनि त्यतिकै देखिन्छ। तर उनले सभापती जितेपछि सबैलाई मिलाएर लैजाने बताएका छन् ।