कैलाली -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीभन्दा कम नरहेको बताएका छन्। उनले आफु प्रधानमन्त्री त नभएको तर प्रधानमन्त्री भन्दा आफु भूमिकामा कम नभएको जिकिर गरे ।
कैलालीको भजनी नगरपालिकाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उनले यस्तो बताएका हुन्। उनले सिंहदरबारको अधिकार गाउँ गाउँ सम्म पुर्याउने नेत्रित्व माओबादी ले नै गरेको दाबी गरे ।
'अहिले पनि केही मान्छेलाई सिंहदरबार को अधिकार गाउँ गाउँ सम्म पुगेको मन परेको छैन , उनिहरु कुनै न कुनै बाहानमा यो परिबर्तन उल्ट्याउन खोज्दै छन,' अध्यक्ष प्रचण्डले भने,' तर हामी स्थानिय तहलाई दिने अ धिकार अझै बढाउन खोज्दै छौं ।'
सम्बोधनका क्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई खलनायकको संज्ञा दिए । ‘कम्युनिष्टलाई एक गरे पछि देशमा राजनीतिक स्थायित्व भएर छिटो छिटो विकास होला भन्ने सपना देखेको थिए,’ प्रचण्डले भने, ‘केपी ओलीलाई मैले नै दुई चोटी प्रधानमन्त्री बनाए । तर ती नायक होइन, खलनायक परेछन् ।’
अध्यक्ष दाहालले यो गठबन्धन धेरै जाँदैन भन्नेलाई सरकारले जवाफ दिन थालेको पनि बताएका छन्। ओलीका कारण राजनीतिक स्थायित्वको आफ्नो सपना साकार हुन नसकेको टिप्पणी गरेका छन् ।
‘ओलीले मैले भनेको केही मानेनन्। अघिल्लो सरकारले उल्टो मात्रै काम गरेको थियो’, उनले भने, 'अहिले पाँच दलीय गठबन्धन छ। यो गठबन्धनले जनताको हितमा काम गर्छ। अहिले पनि म बलियो छु। अहिले म प्रधानमन्त्री त छैन तर प्रधानमन्त्री भन्दा कम पनि छैन।'
उनले गठबन्धन अझै बलियो बन्दै गएको पनि बताए। सरकारले काम थालेकाले गठबन्धन अझै लामो समय जाने उनले बताए।