अत्तरिया -कैलाली क्षेत्र नम्बर ४ मा महाधिबेशन प्रतीनिधीको मतगणनाको परिणाम सकिएको छ । यदपी निर्बाचन समितीले घोषणा गरेको छैन । मत परिणाम भने रोचक आएको छ ।
खुल्ला तर्फको अन्तिम नतिजा अनुसार सुनिल कुमार भण्डारी (३०६ ) ,बिरेन्द्र भट्ट (३०१ ) ,उत्तम कठायत (२९० ) , गोपाल बहादुर देउबा (२७९) ,टेकराज जोशी (२८७ ) , राम बहादुर कलेल (२७० ) , प्रकाश देउबा (२६५) ७ जना भित्र परेका छन् । खुल्ला तर्फ १० जना निर्बाचित हुनुपर्ने ब्यबस्था रहेको छ । बाँकी तीन जनाको बिषयमा अन्यौल भएको छ ।
धुर्ब भट्टराई , प्रकाश बमको समान २५८ मत आएको छ । यस्तै रामचन्द्र ओझा ,पदम जोशी र सुरत कार्कीको पनि समान २५७ मत आएको छ ।सोही बिषयमा गएराती मतगणना स्थलमा बिबाद समेत भएको थियो । मतपेटिका अहिले ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ ।
निर्बाचन समितीमा बिरेन्द्र भट्ट पक्षले ५ जना कै पुन: मतगणना हुनुपर्ने भन्दै निबेदन दिएको छ । अहिले जिल्लामा निर्बाचन समिती सँग छलफल गर्न नेताहरु धनगढी मै रहेको बुझिएको छ । यस्तै खुल्ला महिला तर्फ भने तुलसी देबकोटा (२८१ ) भगबती ओझा पाठक (२७९ ) कमला कुमारी ओझा शर्मा (२८५) इस्वरी कठायत बिष्ट (२६३ ) बिजयी भएका छन ।
पुरुष खस आर्य तर्फ भिम प्रषाद गौतम (२६२ ) यज्ञ बहादुर महरा (२५२ ) शेर बहादुर देउबा (२८७) बिजयी भएका छन । यस्तै खस आर्य महिला तर्फ ईस्वरी रावल (२६५ ) बसन्ती ओझा (२४९ ) बिजयी भएका छन ।
अरु को को भए बिजयी हेर्नुस :
