अत्तरिया -नेपाली काँग्रेस १४ औं महाधिवेसन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ कैलालीको सभापतीमा बसन्त रोकाया 'ललित' निर्बाचित भएका छन । उनले सभापतीका अर्का उम्मेदवार दिनेशराज जोशीलाई ४८ मतान्तरले हराएका छन ।
सभापती मा रोकायाले २७९ मत पाएका छन् भने जोशीले २३१ मत पाएका छन् । समितीको पदाधिकारीमा सबै रोकाया प्यानल कै उम्मेदवारी बिजयी भएका छन् । क्षेत्रिय सचिबमा रोकाया प्यानल कै जयराज फुलारा (२७२ ) र बिश्णु प्रषाद भाट (२८४ ) निर्बाचित भएका छन् ।
यस्तै सह –सचिबमा पनि रोकाया प्यानलका करुणाकर भट्ट (२६२)र राम दुलार चौधरी (२७४ ) निर्बाचित भएका छन् । सदस्यहरुमा पनि रोकाया प्यानल कै उम्मेदवार निर्बाचित भएका छन् । क्षेत्र नम्बर ४ मा ५ सय ४६ मत खसेको थियो ।
यस्तै महाधिबेशन प्रतिनिधीमा पनि रोकाया प्यानल कै अधिकाँस उम्मेदवार अगाडी देखिएका छन् । सुनिल कुमार भण्डारी , बिरेन्द्र भट्ट , उत्तम बहादुर कठायत, गोपाल बहादुर देउबा , टेकराज जोशी , राम बहादुर कलेल,प्रकाश, बहादुर देउबा , रामचन्द्र ओझा अगाडी नै रहेका छन् ।
यदपी निर्बाचन समितीले मत परिणाम घोषणा भने केही बेरमा गर्दै छ । रोकाया समुहले जितेपछि मतगणना स्थलमा उनका समर्थकहरुले बधाई दिन शुरु गरेका छन् । अत्तरिया पूर्वरोडमा रहेको प्रतिभा पुष्तकालय आसपासमा काँग्रेस नेताकार्यकर्ताहरुको दिउँसो देखी नै भिड लागेको थियो ।