धनगढी - नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत मसिर १६ गते हुने प्रदेश अधिबेशनको लागि सुदूर पश्चिम प्रदेशमा पनि तयारी थालिएको छ ।
हिजो धनगढीमा सम्पन्न तयारी समितिको बैठक नेपाली कांग्रेस सुदूरपश्चिम प्रथम प्रदेश अधिबेशन आयोजक समितिका संयोजक केन्द्रीय सदस्य तथा माननिय मन्त्री दिलेन्द्र प्रसाद बडुको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । उक्त बैठकले सुदूर पश्चिम प्रथम प्रदेश अधिबेशन सम्पन्न गर्न नेपाली कांग्रेस कैलालीका सभापती नर नारायण शाहलाई मुल ब्यवस्थापन समितिको सयोजक चयन गरेको छ ।
उक्त समितिमा कैलाली जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्य र क्षेत्रीय सभापति, भातृएब शुभेच्छुक सस्थाका प्रमुख रहने निर्णय गरिएको छ । उक्त समितिलाई सहयोग गर्न ८ वटा उप समितीमा उप समिती संयोजक नर नारायण शाह मनु मनोनित गरेको छ ।
अर्थ संकलन समिती उप संयोजक शेर बहादुर देउवा, भोजन तथा आवास उप समिती संयोजक प्रकाश बम , प्रचार प्रसार समितिको उप संयोजकमा नृप बहादुर सुनार, उदघाटन समारोह र मञ्च व्यावस्थापन उप समितिको संयोजक पुर्ण कुवर, साँस्कृतिक उप समितिको संयोजक सुरत रावत, स्वयंसेवक उप समिति नवराज रावल स्वास्थ्य उपचार समिती संयोजक उत्तम जोशी रहेका छन ।
यस अघि नै नेपाली काँग्रेस केन्द्रिय समितिको निर्णय अनुसार केन्द्रीय सदस्य तथा मन्त्री दिलेन्द्र प्रसाद बडुको सयोजकत्वम सदस्य सम्वन्धित प्रदेशका केन्द्रीय सदस्य, ९ जिल्लाका पार्टी सभापती, प्रदेश सभाका ससदिय दलका नेता तथा सदस्यहरु, जिल्ला समन्वय समितीका प्रमुख उपप्रमुख, नगरपालिका का मेयर र उप मेयर, गाउँ पालिकाका प्रमुख तथा अध्यक्ष तथा उपाध्यक्ष सदस्य रहने निर्णय निर्णय भएको छ ।