अत्तरिया - नेपाली काग्रेसको १४ औँ महादिवेशन अन्तर्गत कैलालीमा भोलीवाट क्षेत्रको अधिबेशन हुदैछ । कैलालीमा वडातह देखी पालिका हुदै प्रदेश निर्वाचन क्षेत्रको अधिबेशन सम्पन्न भएसंगै भोलीवाट क्षेत्रहरुको अधिबेशन हुन लागेको हो ।
जिल्लाको नेतृत्वका लागि निकै महत्व राख्ने क्षेत्रमा काग्रेसको नयाँ नेतृत्वका लागि अहिले नेताहरुका बिचमा रस्साकस्सी सुरु भएको छ । क्षेत्रका लागि अहिले धामधम उम्मेदवारी घोषणा भैरहेको छ ।
यसैबिच कैलाली क्षेत्र नं ४ को सभापति पदमा युवा नेता वसन्त रोकाया ललिलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समय देखी उधोगी , ब्यापारीहरुको समस्याहरु उजागर गर्न र समस्या समाधानका लागि अत्तरिया उधोग वाणिज्य संघको नेतृत्व सम्महालेका अत्तरिया उधोग वाणिज्य संघका संस्थापक अध्यक्ष रोकायाले काग्रेसको १४ औँ महादिवेशन अन्र्तगत कैलाली क्षेत्र नं ४ को सभापति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाली काग्रेस कैलालीका वर्तमान सदस्य समेत रहेको रोकाया लामो समयदेखी काग्रेसको राजनितिमा सकृय रहेका छन् ।
विभिन्न सामाजिक संघ संस्थाहरुमा आबद्ध रहेका रोकायाले काग्रेस पार्टीमा लामो समय सम्म आफ्नो योगदान दिएका अग्रजहरुको उत्प्रेरणा र युवाहरुको साथ , सहयोग र हौसलाले यस पटक आफूले क्षेत्रिय सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको बताएका छन् ।
गुट उपगुट र आफ्नै कारणले क्षेत्र नं ४ मा काग्रेस कमजोर जस्तो देखिएकाले अब सशक्त नेतृत्व र यस क्षेत्रका जन जनमा जनप्रिय काग्रेस निर्माणका गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
उनले आफूले नेतृत्व पाएपछि यस क्षेत्रमा काग्रेस भित्रै देखिएको अन्तरद्धन्दलाई चिर्दै सबैलाई मिलाएर सबै अट्ने काग्रेस निर्माणमा लाग्ने बताएका छन् ।
सरल स्वभाव र प्रखर वक्ताका रुपमा रहेका रोकाया साना केटाकेटी देखी जुनसुकै उमेर समूहका ब्यक्तिहरुसंग पनि सहजै रुपमा घुलमिल हुन्छन् । उनले यस क्षेत्रमा हुने हरेक सामाजिक कार्यहरुमा सहभागीता जनाउदै आर्थिक , भौतिक जे भएपनि सहयोग गर्न कहिले पछि हट्दैनन् ।
गोदावरी नगरपालिका वडा नं १ वाट क्षेत्रिय प्रतिनिधिमा अत्याधिक मतका साथ निर्वाचित हुदाँ काग्रेसका कृयशिल सदस्यहरुवाट पाएको माया , साथ , सहयोग र हौसलाले आफूलाई थप प्रेरणा मिलेको उनी बताउँदछन् ।
उनले अब पनि सम्पूर्ण वडा सभापति , क्षेत्रिय प्रतिनिधिहरुको साथ सहयोगले क्षेत्रिय समापतिमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । क्षेत्र नम्बर ४ मा गोदावरी ,गौरीगंगा र चुरे गाउँपालिका पर्ने गर्दछन ।
नगर अधिबेशनमा यँहाका तिनै वटै पालिकामा समुह बनाएर प्यानल मै निर्बाचन भएको छ । गोदावरीमा पूर्व सभापती दिर्घराज भाट समुहले नगरमा जितेको छ । यस्तै गौरीगंगा र चुरेमा बर्तमान सभापती नर नारायण शाह पक्ष टिमले जितेको छ ।
गोदावरीमा क्षेत्रिय प्रतिनिधीमा भाट समुह निकै अगाढी रहेको छ । चुरे र गौरीगंगामा भने उक्त समुह अली कमजोर देखिएको छ । स्थानिय तहमा पनि नेता कार्यकर्ताहरु शुरु देखी नै दुई लाइनमा बिभाजित भएका छन् ।
भाट समुहले क्षेत्रिय समिती पनि आफ्नै समुहले जित्ने दाबी गरेको छ । रोकाया भाट समूहवाट क्षेत्रिय सभापतिका उम्मेदवार रहेका छन् । अर्को समुहले पनि क्षेत्रिय समिती आफ्नो पक्षमा पार्ने कसरत जारी राखेको छ ।
भाट समुहमा पूर्व केन्द्रिय सदस्य सुनिल कुमार भन्डारी , बिरेन्द्र भट्ट , उत्तम कठायत लगाएतका नेताहरु सकृय रहेका छन् । अर्को समुहमा डा लक्ष्मीराज पाठक , दिनेश जोशी, सुरत कार्की , पदमराज भट्ट सकृय रहेका छन् ।