अत्तरिया - पुरुष भएर पनि महिलाको भेषभूष चिटिक्क परेर दर्शकहरुलाई भरपूर मनोरञ्जन दिन सफल हास्य कलाकार भिम बिष्ट (अछामी रेखा) जुन जुन कार्यक्रममा जान्छन् , त्यहाँ दर्शकहरुले कहिले खल्लो महशुस गदैनन् ।
उनले राख्ने प्रस्तुतिले कार्यक्रम सहभागी कोही दर्शक पनि चुप लागेर बस्नै सक्दैनन् । उनले जब माईक समातेर बोल्न सुरु गर्दछन् , दर्शकहरुको हासो सुरु हुन्छ । उनले जति बेला सम्म आफ्नो प्रस्तुति राख्छन् , त्यति बेला सम्म दर्शकहरु अब त अति भो भन्दै हासेर गदगद पर्दछन् ।
आज कैलालीको गोदावरी नगरपालिका वडा नं १० मा पनि त्यस्तै भएको छ । स्थानिय सान्निकोट युवा क्लबले आयोजना गरेको भलिबल प्रतियोगितको समापन कार्यक्रममा उनलाई कलाकारको प्रमुख आर्कषणका रुपमा बोलाईएको थियो ।
उनलाई जब उद्धघोषकले प्रस्तुतिका लागि स्टेजमा बोलाए दर्शकहरुको हल्ला सुरु भयो । उनले सुरुवातमै एउटा आकर्षक नृत्य राखेर आफ्नो प्रस्तुति सुरु गरे । त्यसपछि दर्शकहरु हासेर गदगद हुन थाले । कार्यक्रममा सहभागी कतिलाई त उनी केटा हुन् कि केटी भन्ने पनि थाहाँ पाएनन् ।
सो कार्यक्रममा उनले आज आफ्नो दमदार प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिएका छन् । उनले दर्शकहरुको हासो कति बेला रोक्ने मौका नै दिएनन् । करिब आधाघण्टा आफ्नो प्रस्तुति राखेका अछामी रेखाको प्रस्तुति देखेर सबै खुसी भएका थिए ।
उनले कार्यक्रममा सहभागी बालक देखी बृद्धबृद्धालाई हसाएकी थिइन् । उनको प्रस्तुति देखेर दर्शकहरु वान्स् मोरको नारा समते लगाएका थिए ।
उनले दिने प्रस्तुतिमा एउटा हास्यब्यङ्य मात्रै हुदै त्यस भित्र एउटा राम्रो सन्देश पनि लुकेको हुन्छ । जसले गर्दा उनलाई सबै दर्शकहरुले कार्यक्रममा जादाँ आति नै मायाँ गर्दछन् । उनले बिषेश गरि छाउपडी प्रथा र बाल बिवाहका बिषयमा हासोको माध्यमवाटै कार्यक्रममा सहभागीहरुलाई सन्देश प्रदान गर्दै आएका छन् ।
शान्निकोट युवा क्लबका सल्लाहाकार समितका संयोजक झंकर कुबरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिका वडा नं १० का वडा अध्यक्ष रविन्द्र शाही प्रमुख अतिथी रहेका थिए भने कैलाली जनपुस्तकालयका अध्यक्ष , पत्रकार , शिक्षविद् डा। टिएन जोशी बिशिष्ट अतिथीमा रहेका थिए ।